










थर्कोट समाचारदाता
दाङ, ६ कात्तिक । भभारतबाट काठमाण्डौं आएको जहाजमा बम भएको हल्ला चलेको छ । भारतको नयाँ दिल्लीबाट काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्टरा एयरवेजको जहाजमा बम राखेको सुचना प्राप्त भएको हो सुचना प्राप्त भएपछि नेपाली सेनाले जाँच गरिरहेको छ । भिस्टरा एयरवेजको जहाज दिउँसो साढे ४ बजे त्रिभुवन

अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । दिल्लीबाटै नागरिक उड्डयन प्राधिकरणलाई सुचना प्राप्त भएपछि सेनाले जाँच गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय भारतीय वायुसेवाहरुमा बम रहेको धम्की दिने क्रम बढेको छ ।



