









थर्कोट समाचारदाता
दाङ, १९ बैशाख । तुलसीपुर सहित पश्चिम दाङमा भोलि विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार शनिबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तुलसीपुर सहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । हापुरेदेखि अस्वारा हुँदै तुलसीपुर सम्मको ३३ केभि लाइन अन्तर्गतका तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पूर्ण स्थान र दंगिशरण, बबई र शान्तिनगर गाउँपालिकाका केहि स्थानमा विद्यतु सेवा पूर्ण रुपमा विद्यतु अवरुद्ध हुने केन्द्रले जनाएको हो । प्राधिकरणका अनुसार काम निर्धारित समय अगावै सकिएमा विद्युत निर्धारित समयभन्दा अगाडी सुचारु हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।


