









दोर्ण के.सी. / गमान सिङ घर्ती
दाङ २१ मंसिर
कर्णाली बिकास बैंकलाई संकटउन्मुक होइन तत्काल संकटग्रस्त घोषना गरि राष्ट्र बैँकको प्रत्यक्ष निगरानीमा जनताको निक्षेप सुरक्षित गर्नु पर्ने माग राख्दै नेकपा बहुमत ५ र ६नम्वर व्युरोे संगठन समितिले राष्ट्र बैकलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार राष्ट्र बैँकको नेपालगन्ज शाखा कार्यालयमा पुगेर ज्ञापन पत्र बझाएको हो ।यहि मंसिर ११ गते राष्ट्र बैंकले कार्णाली बिकास बैँकको नाममा निकालिएको सूचना र त्यसपछि मंसिर १३ गते कर्णाली बिकास बैंकले निकाले प्रेस बिज्ञप्ती प्रति पार्टीको गम्भीर ध्याणाकर्षण भएको बताउदैँ उक्त पार्टीले ज्ञापन पत्र बुझाएको हो । यतिवेला देशलाई बित्तिय आतंकले आक्रन्त तुलाएको र जनमारा तथा जनपिराह आर्थिक आतंकको एक मात्र कारण दलाल संसदीय व्यवस्था हो भन्ने हाम्रो ठम्याई

रहिआएको छ । त्यसैले हाम्रो पार्टीले दलाल संसदीय व्यवस्थाको निस्सासिदो भुमरीबाट जनतालाई मुक्ति दिलाउन बैज्ञानिक समाजबादीको कार्यदिशा सहित अनवरत संघर्षको मैदानमा डटिरहेको छ, उक्त पार्टीले राष्ट्र बैंकलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।जनताको निक्षेप जोखिम हुनुमा मुठ्ठिभर माफियाको जति हात छ त्यसलाई अनदेखा गर्ने बैंकको बैंक राष्ट्र बैंकको पनि हात रहेका बताउँदै जनताको निक्षेप सुक्षित गर्न र बाफिया भित्र घुसेका माफियाहरुलाई कारबाही गर्नु पर्ने नेकपा बहुमत ५र ६ नम्वर व्युरोको माग रहेको छ । कर्णाली बिकाश बैंकको ४० प्रतिशत भन्दा बढि खराव कर्जा भएको प्रमाणित भएपछि राष्ट्र बैंकले उक्त बैंकलाई थप ऋण दिन र थप जनताबाट निक्षेप निकाल्न रोक लगाएको थियो । बैंकले निकै कम मूल्याङ्कनको धितो उपर निकै बढि कर्जा दिएको , फेक धितो राखेर ऋण दिएको , ऋण तिर्न नै नसक्नेका नाममा फेक ऋणी खडा गरी ऋण दिएको लगाएतका कारण राष्ट्र बैंकले कर्णाली बिकाश बैंकलाई कारबाही गरेको थियो ।



