










थर्कोट समाचारदाता
तुलसीपुर,३ कात्तिक । आज पनि बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदैछ । हिजो देखि शुरूभएको सो अभियान छुटेका बालबालिकालाई आज भिटामिन ’ए’ र जुकाको औषधि खुवाउने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभएको हो । शाखा प्रमुख थापाले सात सय ५३ वटै पालिकामा औषधि खुवाउने व्यवस्था रहेको भन्दै पायक पर्ने विद्यालय, वडा कार्यालय वा खोप केन्द्रहरूमा लगेर बालबालिकालाई औषधि खुवाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत हरेक वर्ष ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ’ए’ क्यापसुल तथा एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइने गरिएको छ ।



