दाेर्ण के.सी.
दाङ २२ असार : 
बंगलाचुली गाउँपालिकाले आईतवार एक कार्यक्रमकाे आयाेजना बिच कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ । बंगलाचुली गाउँपालिकाको लागत साझेदारीमा कृषि उपकरण वितरण गर्ने कार्यक्रम अनुसार कृषकहरुलाई हातेट्याक्टर वितरण गरीएको हो । कृषकहरुको संयुक्त लागत साझेदारीमा ट्याक्टरहरु वितरण गरेको हो ।

गाउँपालिकाले पालिकाको ५ मा १० वटा अनि वडा नम्वर ४ र ८ मा ५ वटा गरी जम्मा १५ वटा हाते ट्याक्टर वितरण गरेको छ ।  गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर, उपाध्यक्ष भक्त बहादुर जिसी, बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती र गाउँपालिकाका कृषि शाखा प्रमुख ज्ञानराज कडेलको उपस्थितिमा आज कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
बंगलाचुली गाउँपालिका वडा नम्वर पाँच, चार र आठमा रहेका विभिन्न १५ वटा कृषि फर्म तथा सहकारी संस्थालाई सो सामग्री वितरण गरिएको छ ।

जसमा वंगलाचुली गाउँपालिका वडा नम्वर ५ मा रहेका पहाडी कृषि सहकारी संस्था लिमीटेड,महिला वहुउद्देश्यि कृषि फर्म,लाँकुरी वहुउद्देश्यिय कृषिफर्म,केसी वहुउद्देश्यिय कृषि फर्म,लक्ष्मी वहुउद्देश्यिय कृषि फर्म,हाम्रो बहुउद्देशीय कृषि फर्म वडा नम्बर ५, नविन बहुउद्देशीय कृषि फर्म वडा नम्बर ५,वली बहुउद्देशीय कृषि तथा पशुपंछि फर्म वडा नम्बर ५,नमुना खर्क कृषि फर्म,र कुमार बहु उद्देशीय कृषि तथा पशुपंछि फर्म रहेका छन् । त्यसैगरी गाउँपालिका  ४ मा रहेका सपना पशुपंक्षी कृषि फर्म र घिमिरे पशुपन्क्षी वहउद्देश्यिय कृषि फर्म यस्तै वडा नम्वर ८ मा रहेका पार्वती वहुउद्देश्यिय कृषि फर्म र कस्तुरी कृषि सहकारी संस्था लिमिटेडलाई हाते ट्याक्टर वितरण गरीएको छ ।

प्रति ट्याक्टर ६५ हजार मुल्य रहेको छ । जसमा कृषक समूहको ५० प्रतिशत अर्थात ३२ हजार ५ सय र बंगलाचुली गाउँपालिकाको ५० प्रतिशत अनुदान अर्थात प्रति ट्याक्टर ३२ हजार ५ सय गरी जम्मा ६५ हजार मुल्य मा एउटा ट्याक्टर खरीद गरीएको बंगलाचुली गाउँपालिका कृषि शाखा प्रमुख ज्ञानराज कँडेलले जानकरी दिए । यसैबीच दिदिबहिनि बहुउद्देशीय कृषि तथा पशुपन्छी फर्म लाई इलेक्ट्रोनिक स्प्रेयर समेत प्रदान गरिएको थियोे । अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds