










थर्कोट समाचारदाता

फाल्गुन ९ बुधबार
राप्ती बबइ क्याम्पस तुलसीपुर, दाङले शोक बिदा दिने निर्णय गरेको छ । क्याम्पसमा स्नातक तह व्यवस्थापन सङ्काय दोस्रो बर्षमा अध्ययनरत छात्र बालकृष्ण पुन मगरको मिति २०८०÷११÷०९ गतेका दिन मोटरसाइकल दुर्घटनामा परी दुखद निधन भएको हुँदा क्याम्पस परिवारले भोली फागुन १० गते बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । क्याम्पस परिवारले विज्ञप्ती

मार्फत शोकाकुल परिवारजनलाइ धैर्यधारण गर्ने शक्ति प्राप्तीको कामना सहित समवेदना प्रकट गरेको छ । क्याम्पस प्रशासनले एक सूचना सार्वजनिक गर्दै भोली फागुन १० गते क्याम्पसमा शोक बिदा रहेको जानकारी पनि दिएको छ । उनीहरूको दाङमा बलेरो गाडिसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ निवासी २१ वर्षका विवेक पुन र सोही ठाउँ निवासी मोटरसाइकलको पछाडि सवार २४ वर्षका नेत्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले

जानकारी दिनुभएको हो। रा ५ प ५४५३ नम्बरको मोटरसाइकल र बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअप जिप बुधबार बिहान ६ बजे तुलसीपुर–घोराही सडक खण्डको सर्रामा ठोक्किए पछि उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पुन र भण्डारीको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक रोल्पाको त्रिवेणी गाउँपालिका– २ निवासी २९ वर्षका निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





