




दाेर्ण के.सी. दंगीसरण २८ पुस प्रथम दंगीसरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को आइतबार दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले उद्घाटन गर्नुभएकाे छ् । पौष २८ देखि माघ ८ गतेसम्म दंगीशरण ६ को बागर ठन्डि बजारमा चल्ने ब्यापारीक महोत्सबको गाउँपालिका अध्यक्ष शम्भु गिरीले पानसमा दियो बालि महोत्सवको उद्घाटन गर्नुभएकाे हाे । दंगीशरण गाउँपालिकाका पर्यटकीय


स्थलहरुको प्रचारप्रसारका लागि फ्रेन्ड्स स्केट जोन प्रा.लिले महोत्सवको आयोना गरेको हाे । महोत्सवको उद्घाटन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पहिलो पटक दंगीशरणको ठन्डि बजारमा संचालन भएको कृषी पर्यटन तथा ब्यापारीक महोत्सव सफल पार्दिन सबैमा आग्रह गर्नुभएको थियाे । गाउँपालिकाका कृषि पर्यटन तथा ऐतिहासिक ठाउँहरुको प्रचारप्रसारले पनि गाउँपालिकाको समग्र बिकाशमा टेवा पुर्याउने अध्यक्षले बताउनु भएको थियाे । यस्तै महोत्सव उद्घाटन समारोहका बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले पहिलो पटक आफ्नो गाउँठाउँमा लाग्न लागेको महोत्सवले समग्र दंगीशरणको कृषि र पर्यटनमा सहयोग पुग्ने बताउनुभएकाे थियाे । १० दिनसम्म चल्ने महोत्सवमा चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति स्थानीय तथा अन्य ठाउँमा उत्पादित बस्तुहरु सहितको स्टलहरु रहनेछ्न ।मेलामा प्रबेश सुल्क १०० एक सय रुपैयाँ लाग्ने आयोजकले बताएकोछ । सोमबार भोलि चर्चित गाएक कृष क्षेत्री,आर जे रासकोटी,लगायतका थुप्रै कलाकारको उपस्थिती रहने मुलआयोजक समितिले बताएकोछ । स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम

महोत्सव सफलपार्न सवैजनाले आ आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल अयोजक समितीले सवैमा आग्रह गरेकोछ । महोत्सव उद्घघाटन महोत्सव मुल आयोजक समितीका सयोजक अजय बुढाथोकिको अध्यक्षता एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा महोत्सवको उद्घघाटन गरीएकोहो। उद्घघाटन समारोहमा बिभिन्न झाकि र्यालि तथा थारु नृत्य सहित बिधालयका विद्यार्थीहरुको उत्कृष्ट प्रस्तुती सङ्गै बिभिन्न नृत्याङ्गनाहरुको नृत्यसमेत प्रस्तुत गरीएकोथियो । साे महाेत्सव उद्घघाटन कार्यक्रममा पत्रकार दाेर्ण के.सी., अशाेक शर्मा लगायतको सहभागीता रहेकाे थियाे । मितेरी युवा कलबका कार्यबाहक अध्यक्ष धनराज रोकाको स्वागत मन्तव्य बाट शुरुभएको कार्यक्रमको सहजीकरण संचारकर्मी एच.आर.मगरले गर्नुभएको थियाे ।

