थर्काेट समाचारदाता
तुलसीपुर ०२ पुस
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा हुने महोत्सव आगामी पौष ४ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। घरेलु तथा साना औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक तथा प्रविधि प्रदर्शनी सहित आयोजना हुने महोत्सवमा लोकदोहोरी प्रतियोगितालाई विशेष आकर्षणको रूपमा समावेश गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक लोकदोहोरी गायक–गायिकाहरूले तोकिएको समयभित्र नाम दर्ता गर्न आग्रह गरिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ प्रदान गरिनेछ। समूह दर्ता शुल्क ५०० रुपैयाँ तोकिएको छ भने एक समूहमा १ पुरुष र १ महिला गायक/गायिका हुनुपर्ने व्यवस्था गरिएको छ। सहभागी कलाकार नेपाली पोशाकमा उपस्थित हुनुपर्नेछ। लोकदोहोरी प्रतियोगिताको टाइसिट पौष ५ गते सार्वजनिक गरिने जनाइएको छ। थप जानकारीका लागि सांस्कृतिक उपसमितिसँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । सम्पर्क व्यक्तिका रूपमा सांस्कृतिक उपसमिति संयोजक टिकाजंग वली र सदस्य प्रेम प्रकाश मल्ललाई तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds