थर्काेट समाचारदाता
तुलसीपुर ०६ पुस
दाङकाे तुलसीपुरमा जारी ‘प्रथम प्रथम तुलसीपुर महोत्सव -२०८२काे आज तेर्साे दिनमापनि अत्यधिक रौनक बढ्दै गएको छ । महोत्सवको तेस्रो दिन आइतबार चर्चित गायक, गायिकाको प्रस्तुतिमा रमाउने मात्रै नभएर स्टलबाट सामान खरिद गर्नेको पनि उत्तिकै भिडभाड रहेकाे प्रथम तुलसीपुर महोत्सव -२०८२ काे महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले जानकारी गराएका थिए ।

  महोत्सवको तेस्रो दिन आज चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रस्तुतिमा दर्शकहरू छमछमी नाचेका थिए । महोत्सवमा गायक कुलेन्द्रको प्रस्तुति आउँदा दर्शकहरुलाई नत चिसोको  प्रवाह थियाे नत धुलाेकाे । दर्शकहरु कुनैपनि कुराकाे प्रवाह नगरी बेलकासम्म छमछमी नाच्दै रमाएका थिए । महाेत्सवमा गायक कुलेन्द्रले ‘जिम्माल बाउकी छोरी’, ‘सालको पात टपरी हुने, नहुने सल्लैको’, ‘उकाली ओराली धाइयो, माया पाइयो अब त के चाहियो’, नजाऊ है सानु पधेँरीमा , आफ्नै छायाँले पनि छल गर्छ

भन्छन् अधेरीमा’ लगायतका गीत गाउँदा दर्शक छमछमी नाचेका छन् । यस्तै महोत्सवमा आज चर्चित गायक प्रेम शर्माको पनि प्रस्तुति रहेको थियो । शर्माको ‘माछीले धान खायो’ जस्ता चर्चित गितमा दर्शकहरु छमछमती नाचेका थिए । गायक शर्मा दाङकै चर्चित कलाकार हुन् । यस्तै चर्चित गायिका सीता थापाको पनि प्रस्तुति रहेको थियो । महोत्सवमा दिनप्रतिदिन साेचेकाे भन्दा पनि दिनप्रतिदिन दर्शकको आर्कषण बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताएका थिए । महोत्सवमा प्रत्येक दिन दर्शकको सङ्ख्या बढ्दै गएको र यसले स्थानीय व्यापार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर

केसीले बताएका थिए । 
महोत्सवमा सहभागी दर्शकहरूले कलाकारहरूसँग तस्बिर खिच्ने र भिडियो बनाउने कार्यले अझ महाेत्सवमा ठूलो उत्साह देखिएको थियो ।  विशेष गरी युवा पुस्ताका दर्शकहरू आफ्नो मनपर्ने कलाकारसँग सेल्फी खिच्न र भिडियो बनाउन व्यस्त देखिन्थे ।

सञ्जालमा महोत्सवको माहोल ‘लाइभ’ गर्ने र रिलहरू बनाउनेहरूको सङ्ख्याले गर्दा महोत्सव परिसर निकै सञ्चार मैत्री देखिएको थियो ।  यस्तै सांस्कृतिक कार्यक्रमका साथै महोत्सवमा राखिएका व्यापारिक स्टलहरू, बाल उद्यान र स्थानीय उत्पादनको प्रदर्शनीमा पनि दर्शकको बाक्लो उपस्थिति रहेको छ । महोत्सव मूल आयोजक समितिका प्रस संयाेजक तिलक वलीले बताएका थिए । नेपाल घरेलु तथा साना उद्योग  महासंघ तुलसीपुरको आयोजनामा सञ्चालित महोत्सव पुस ४ गतेदेखि शुरु भएको महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।  

सोमबार चर्चित गायक श्याम राना आउने
महोत्सवमा सोमबार चर्चित गायक श्याम राना लगायतका कलाकार आउँदै छन् ।  गायक राना सहित अमृत विश्वकर्मा, गायिका विमला खड्का लगायतका कलाकारको प्रस्तुति रहने महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरका महासचिव भद्र बहादुर वलीले जानकारी दिएका हुन् । महोत्सवमा स्थानीय कलाकार सँगसँगै  सोनी डान्स ग्रुपको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा कारोबार पनि बढ्दाे क्रममा
प्रथम तुलसीपुर महोत्सव-०८२ मनोरञ्जनको केन्द्र मात्र नभएर आर्थिक कारोबारको मुख्य थलो समेत बनेको छ । महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा स्टलहरूमा सामान खरिद गर्ने र अवलोकन गर्नेहरूको घुइँचोले स्थानीय व्यापारीहरू निकै उत्साहित देखिएका छन् । महोत्सवमा राखिएका ४०० भन्दा बढी व्यापारिक स्टलहरूमा दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र स्थानीय हस्तकलाका सामग्रीहरूको बिक्री भइरहेको छ । स्थानीय उत्पादन अल्लोका कपडादेखि स्थानीय कृषि उपजहरूमा दर्शकको चासो बढी देखिएको छ । छ भने आजकै दिन महाेसवमा स्टल राखेर बिक्रीवितरण गरिरहेकाे तुलसीपुर – ५ नयाँ बसपार्कमा रहेकाे रुकमेली पिपल पाेखरा हाेटेल एण्ड लज लगायत सम्पुर्ण हेटेलहरुकाे स्टलमा गएर अबलाेकन गरेर  हाेटेलमा रङ मिसावट गरेर बनाएका सबै  सम्पूर्ण खानेपरिकार जफत गरेर नष्ट गरिएकाेछ । पकाएका खानाका परिकार नष्ट गर्दा हाेटेल व्यवसायी रिसाएर एकछिन हाेटेल अनुगमन समिति र हाेटेल सञ्चालक बिच भनसुन समेत भएको थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds