प्रकृति लम्साल मृत्यु प्रकरण, न्यायको माग गर्दै ज्ञान ज्योतिका विद्यार्थी सडकमा

Byदोर्ण के.सी.

८ फाल्गुन २०८१, बिहीबार १७:०४ ८ फाल्गुन २०८१, बिहीबार १७:०४ ८ फाल्गुन २०८१, बिहीबार १७:०४

थर्कोट समाचारदाता
दाङमा , ८ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नंं–६ मा रहेको ज्ञान ज्योति फाउन्डेशनद्वारा सञ्चालित ज्ञान ज्योति माध्यमिक विद्यालयमा कानुन संकायमा अध्ययनरत विद्यार्थीका साथै ज्ञानदिप कलेज, ज्ञान ज्योति फाउन्डेसनका विभिन्न संकायका अध्ययनरत विद्यार्थीहरूले भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डिस्ट्रियल टेक्नोलोजी (केआईआईटि) को छात्राबासमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको माग गर्दै शान्तिपूर्ण र्‍याली र कोणसभा गरेका छन । ज्ञान ज्योतिको प्राङ्गणबाट सुरु भएको र्‍याली तुल्सीपुर बजार परिक्रमा गरी बी।पी।चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थी एकता जिन्दाबाद, प्रकृतिलाई न्याय दे, न्याय खोज्न जाँदा कुटाई खाइयो पढ्न जाँदा पासोमा झुन्ड्याइयो, नेपाली विद्यार्थीमाथिको दमन बन्द गर, नो मोर साइलेन्स, प्रकृति इज वान अफ अस लगायत लेखिएका पर्चा पम्प्लेट र ब्यानर समाएर विद्यार्थीहरूले शान्तिपूर्ण र्‍याली गरेका थिए । ज्ञान ज्योति माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीको अध्यक्षता तथा नागरिक समाज दाङका पूर्व संयोजक, नागरिक अगुवा तथा वरिष्ठ पत्रकार टिकाराम रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख बक्ता रेग्मीले यो आन्दोलन देशब्यापी हुनुपर्ने बताउनुभएको खथियो । भारतीय सरकारले सत्यतथ्य छानबिन गरी प्रकृति लम्सालको परिवारलाई न्याय दिनुपर्ने बताउनुभएको थियो। नेपाली विद्यार्थी हरूले न्यायको माग गर्दा उल्टै दुर्व्यवहार गरेको भन्दै राज्यले कूटनीतिक माध्यमबाट यसको सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभएको थियो। कार्यक्रममा बोल्दै पत्रकार दीपक बोहराले विद्यार्थीले गरेको शान्तिपूर्ण र्‍यालीले राज्यलाई खबरदारी गर्ने बताउनुभएको थियो । त्यस अवसरमा विद्यार्थी बविता भण्डारीले लाखौं खर्च गरेर उज्ज्वल भविष्यका लागि बाहिरी देश पढ्न जानु पर्ने अबस्था रहेपनि त्यहाँ पनि सुरक्षित हुन नसकेको भन्दै दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गर्नुभएको थियो । विद्यार्थीहरू ईशा ओली, रविन भण्डारी लगायतले राज्यसग न्यायको माग गरेका थिय । कार्यक्रममा कलेजका शैक्षिक संयोजक शरद गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds