









दोर्ण के.सी.
तुलसीपुर, १२ चैत । विसं २०५९ माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै दाङमा निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क) मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् । जसका कारण शान्ति उद्यानप्रति पर्यटकको अकर्षण बढ्दै गएको छ । करिब २२ वर्ष पहिले शान्तिको कामना गर्दै श्री गणेश सामुदायिक वनमा स्थापना गरिएको राप्ती शान्ति उद्यानमा जाने जो–कोही पनि आजभोली मनोरम दृश्यसँगै रमाउने गरेका छन् । तुलसीपुर–७ गणेशपुरमा रहेको शान्ति उद्यान गणेशपुर पार्कको मुहार फेरिएसँगै आन्तरिक पर्यटकहरु बढ्न थालेका छन् । पर्यटकहरू उद्यानभित्र छिर्नेवित्तिकै जो–कोही पनि रमाउने र आफुलाई शान्त महसुस गर्ने गर्दछन ।

कुनै बेला पिकनिक स्पोर्ट र साना–साना टहराले भरिएको शान्ति उद्यान अहिले मनोरम दृश्यले भरिभराउ भएको छ । गेटबाटभित्र नपुग्दै देखिने शान्तिका दूत गौतम बुद्धको मूर्ति रहेको छ भने वरपरको रमणीय दृश्यले शान्तिको अनुभूति दिलाउने गरेको छ । पहिलो पटक उद्यानमा जाने जो–कोही पनि त्यहाँको मनोरम दृश्यले आकर्षित हुने गरेको पाईएको छ । हालै निर्माण भएको बाटर फाउन्टेनले झनै उद्यानको शौन्दर्यता बढाउनुका साथै मनमोहक बनाएको छ । शान्ति उद्यानमा अहिले बालबालिकादेखि युवा, वृद्धवृद्धाहरु समेत र्पामा आएर रमाउने गरेका छन् । त्यसका साथै उद्यानमा सुन्दरीको मूर्तिले पनि थप आकर्षण थपेको छ । त्यस्तै बालबालिकाहरु बाल मनोरञ्जन चिल्ड्रेन पार्कमा रमाउने गरेका छन् भने युवायुवतीहरु वाटर फाउन्टेन अर्थात पानीको फोहरामा सेल्फीदेखि टिकटक बनाउनमा व्यस्त हुने गरेका छन् । त्यसका साथसाथै पार्कभित्र रहेको मिनी–जूमा जंगली जनावर र पंछीसँग पनि पर्यटकहरु रमाउने गरेका छन् । हाल दैनिक शान्ति पार्कमा आउने आन्तरिक पर्यटकहरु शान्ति उद्यानमा रमाउने गरेका छन् । ‘शान्ति उद्यानको अहिले मुहार फेरिएको रहेछ, यो मनमोहक दृश्यले हामी सबैलाई लोभ्यायो’, भन्दै आन्तरिक पर्यटकहरू खुशी व्यक्त गरेका थिए । उनीहरूले थर्कोट अनलाईले सामाजिक सञ्जालमा हालेको फोटो तथा समाचार हेरेर तिहार सकिएलगतै शान्ति उद्यान अवलोकन गर्न आएको बताएका थिए । त्य

स्तै पाक घुम्न आएका राम बहादुर के.सीले पनि पहिलेको शान्ति उद्यान र अहिलेको शान्ति उद्यानमा धेरै फरक रहेको बताएका थिए । उनले दिनभर आफुहरु मनोरञ्जन गरेको बताएका थिए । त्यस्तै शनिवार दाङका विभिन्न ठाउँहरूबाट शान्ति उद्यानको अवलोकनमा आएका स्थानीयहरुले पनि दाङको पहिचानको रुपमा शान्ति पार्क रहेको बताएका थिए । शान्ति उद्यानको नाम सुनिएको थियो आज आफैले यसको दृश्यावलोकन गर्न पायौँ यो दाङको पहिचान हो’, भनेर पर्यटकहरूले बताएका थिए । उनीहरूले अहिले पार्कको रौनकै फेरिएको बताउँदै सधै सहर बवारको कोलाहलमा बस्नेलाई शान्ति पार्कले आनन्द र शान्त बनाएको पर्यटकहरूले बताएका थिए । ‘पहिले झारी र सानातिना टहराले भरिएको पार्क हाल आएर मनोरम दृश्य भएको देख्दा खुशी भएको बताएका थिए । अहिले शान्ति उद्यानमा वन भोज खानेहरुलाई छुट्टै स्थानमा सारिकाले पनि शान्ति उद्यानभित्र अन्य कोलाहल कम भएको र उद्यानभित्र शान्त र मनोरम दृश्यले मानिसको मन शान्त हुने गरेको छ ।

‘त्यो परिकल्पना अहिले साकार भएको छ, अब यसलाई सबै मिलेर नमुनायोग्य बनाउने उदेश्यका साथ अगाडि बडेको खेमराज बिकले बताएका थिए । उनले विस्तारै शान्ति उद्यानको विकास र विस्तार हुँदै गएको भन्दै मनमोहक उद्यान आफुहरुको परिकल्पना भएको बताएका थिए ।हाल शान्ति उद्यानमा करिब दैनिक एक हजार बढी पर्यटकहरु आउने गरेको शान्ति उद्यानका अध्यक्ष डिल्लीबहादुर भण्डारीले बताएका थिए । विदाको दिन थामी नसक्नु भीड हुन्छ, सबैको साथ र सहयोगले अहिले मनोरम र सबैको रोजाइँमा पार्क परेको छ’, अध्यक्ष भण्डारीले बताएका थिए । उनले शान्ति उद्यानमा रमाइलो र मनोरञ्जन मात्र नभएर यहाँ बोटा निकल गार्डेन निर्माण सुरु गरेर सिक्ने र सिकाउने थलो बनाउन लागेको बताएका थिए । उनले विभिन्न १ सय ३५ प्रजातिका वनस्पतिका विरुवाहरु रोप्ने र यहाँ वन विज्ञान पढ्ने विद्यार्थीहरुको सिक्ने थलो बताउने बताएका थिए ।



