दोर्ण के.सी.
तुलसीपुर, ७ भदौ ।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्या नन्द पाण्डेले पत्रकारहरू राज्यका चौथो अङ्ग हुन् । चौथो अंगको नामले चितपरिचित भएका पत्रकारहरूले निष्पक्ष र सत्यको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नु भएको छ । एच.आर. मिडिया प्रा.लि.द्वारा सञ्चालित इगल खबरको प्रथम वार्षिक उत्सवलाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । पत्रकारहरूले समाचार संकलनपछि प्रकाशित गर्ने क्रममा अन्तिम पटक विवेक प्रयोग गर्न वा सत्यको वास्तविकतालाई बुझ्न आग्रह गर्दै मुख्य न्यायाधीश पाण्डेले कसैलाई गुण लगाउन र दोष लगाउने माध्यमका रुपमा संचारलाई प्रयोग नगर्न पनि कार्यक्रममा पत्रकारहरूलाई शुभकामना मन्तव्य मार्फत आग्रह गर्नुभएको थियो । उहाँले भन्नु भयो मैले पत्रकारहरूलाई समाचार नलेख्नुहोस् भन्दिन । पत्रकारहरूले समाचार त लेख्नुहोस् तर निष्पक्ष र सत्यको पक्षमा कलम चलाउनुहोस् उहाँले भन्नु भयो । उहाँले अगाडि भन्नुभयो अदालतमा पनि विचलन आएको छ ।

अदालत प्रति नागरिकको गुनासो छ भने लेख्नुस । नलेख्नुस् भन्दैन । तर पत्रकारहरूले लेखेको समाचार निष्पक्ष र सत्य हुनप¥यो पाण्डेले भन्नुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका कार्यवाहक नगर प्रमुख भीम बहादुर योगीले समाज रूपान्तर र परिवर्तनका लागि सञ्चार जगतको ठूलो भूमिका भएको बताउनुभएको थियो । उहाँले अर्को प्रसङ्गमा देशमा राजनीतिक परिवर्तन भएपनि जनताको अवस्थामा कुनै परिवर्तन नआएको भन्दै यस तर्फ पत्रकारले खबरदारी गर्न आवश्यक रहेको समेत बताउनु भएको थियो । सो अवसरमा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी, नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशीखा चौधरी, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खडका, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीका कोषाध्यक्ष ओपेन्द्र बस्नेत, प्रेस सेन्टर दाङका सह–सचिव दीपक बोहरा, दलित महिला संघ दाङका अध्यक्ष युवा करारा, युवा व्यवसायीद्वय पदम पोख्रेल ९जेठुकान्छु०, दीपकज‌ग केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रा.लिका अध्यक्ष निमा रानाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने एक वर्षमा गरिएका गतिविधीलाई वृत्तचित्र मार्फत प्रस्तुत गरिएको थियो । प्रा.लिका सदस्य सन्तराम सेन्चुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रा.लिका प्रबन्ध निर्देशक एच.आर.मगरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds