न्याने कपडा वितरण कार्यक्रम सम्पन्न
थर्काेट समाचारदाता
तुलसीपुर ०३ पुस
तुलसीपुर उपमहानगरपालिका -३ डाँडाखुट्टीमा रहेकाे श्री भगवती प्राथमिक विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि न्यानाे कपडा वितरण गरिछ । देउराली स्कुल युनिफर्मका प्राे. केशवराज खनालकाे सहयाेगमा उपलब्ध गरिएको न्यानाे कपडा तुलसीपुर उपमहानगरपालिका -३ डाँडाखुट्टीमा रहेकाे भगवती प्राथमिक विद्यालयमा वितरण गरिएकाे हाे । जय जीब दर्शनका द्रष्टा समाजशेवी, सामाजिक अभियान्ता उपेन्द्र पौडेल र थर्काेट त्रैमासिक पत्रिका एंव समाजशेवी दाेर्ण बहादुर के.सीकाे पहलमा न्यानाेलकपडा वितरण गरिएको हाे

श्री भगवती प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाका बहादुर के.सीकाे अध्यक्षता एंव जय जीब दर्शनका द्रष्टा समाजशेवी, सामाजिक अभियान्ता उपेन्द्र पौडेलकाे प्रमुख आतिथ्यता तथा थर्काेट त्रैमासिक पत्रिका एंव समाजशेवी दाेर्ण बहादुर के.सीकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । साे कार्यक्रममा समाजशेवी राेम बहादुर राना, श्री भगवती प्राथमिक विद्यालयका शिक्षक

अभिभावक संघका वसन्त वली (सुन्दर ), श्री भगवती प्राथमिक विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सम्झना सामुदायिक वन उपभोक्ता समूह -३ का अध्यक्ष शिवलाल के.सी. लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे भने कार्यक्रमकाे सहजीकरण श्री भगवती प्राथमिक विद्यालयकि प्रधानाध्यापक गाेमा गुरुङले गर्नुभएको थियाे ।

जय जीब दर्शनका द्रष्टा समाजशेवी, सामाजिक अभियान्ता उपेन्द्र पौडेल र थर्काेट त्रैमासिक पत्रिका एंव समाजशेवी दाेर्ण बहादुर के.सीकाे पहलमा देउराली स्कुल युनिफर्मका प्राे. केशवराज खनालकाे सहयाेगमा उपलब्ध गराईएकाे ७० पिस न्यानाे कपडा विलयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई वितरण गरिएको हाे । कार्यक्रममा सम्पूर्ण अभिभावकहरु, समाजशेवीहरु, बुद्विजीवी लगायतकाे सहभागीता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds