थर्कोट समाचारदाता
तुलसीपुर, १६ फागुन ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न शुरू गरेको छ । तीन महिना भन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिएका हुन् । उनले ग्राहकहरूलाई पट्क–पट्क सुभनाको माध्ययमद्वारा जानकारी गराउँदा पनि सुचनालाई व्यवास्ता गरि माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका ग्राहकको लाइन काटिएको बताएका हुन् । भुक्तानी नतिरेको ६० दिन पुगेपछि लाइन काट्ने व्यवस्था छ । यहाँ भने ९० दिनपछि लाइन काटिएको हो थर्कोट अनलाईनलाई उनले बताएका थिए। लाइन काटिएका ८ सय ८८ ग्राहकबाट ४२ लाख ४२ हजार १ सय९९ उठाउन बाँकी छ । यि बाहेक १ हजार ७ सय ३३ ग्राहकबाट ३ करोड १३ लाख ९२ हजार ३ सय ३६ बक्यौता उठ्न बाँकी रहेको उनले बताएका थिए। यसमा सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका क्षेत्रको बक्यौता छ । माघ मसान्तसम्म ८ सय ६० जनाको नयाँ लाइन जडान गरिएको वितरण केन्द्रले जनाएको छ । जसबाट रु. ७ करोड ५९ लाख ५ सय ३१ राजश्व सङ्कलन भएको छ । यस वर्षको अहिलेसम्म १३ लाख ९ हजार चारसय ९८ रुपैँया अग्रिम भुक्तानी हुने गरेको छ । तुलसीपुर वितरण केन्दै मातहतमा ५२ हजार ९ सय ६० ग्राहक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds