



दाेर्ण के.सी.
देउखुरी १७ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले मिटरब्याजीको नाममा १५ दिने सुचना जारी गरेको छ । पटक-पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका मिटरब्याजीलाई नेकपा बहुमतले १५ दिने सूचना जारी गरेको हो ।पार्टीका दाङ जिल्ला सेक्रेटरी अमरले आइतबार विज्ञप्ति मार्फत तीनबुँदे सुझाव दिएको छ । बैंकिङ कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरी जेल हाल्ने लगायतका मुद्दा फिर्ता लिन अनुरोध गरेको छ ।यसैगरी कालोसूची (ब्ल्याक लिष्ट) हटाउन, दृष्टिबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्न, मिटरब्याजी र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हँुदासम्मको न्यूनतम व्याज लिई फिर्ता गर्न विनम्रतापूर्वक निर्देशनात्मक अनुरोध गर्दछौं भनेको छ ।विज्ञप्तिमा भनिएको छ- ‘कत्ति पनि मोलाहिजा नगरी इमान्दारीतापूर्वक कार्यान्वयन होस् । हामी चाहन्छांै कि कुनै अप्रिय निणर्य लिनु नपरोस् ।’ जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्ताे रहेकाेछ विज्ञप्ती पूरा पढनुहाेस्…

सर्वहारा वर्गको अग्रदस्ता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत ले “बित्तीय आतंकका बिरुद्ध लाल आतंक अभियान“ संचालन गरिरहेको कुरा सर्वविदितै छ । अभियानका क्रममा केही बैंक, लघुवित्त वित्तीय संस्था, सहकारी, मिटरव्याजी र सुदखोरहरुका विरुद्ध गरेको जनकारबाहीले आम दङ्गाली जनतामा नयाँ रक्तसञ्चार भएको छ । जनताको अनुमोदन जनताको सहभागितामा भएका जनकारबाहीले जनताको मनोबल उच्च भएको छ भने मिटरब्याजी तथा सुदखोरको मन मुटुमा ढ्याङ्गो बजेको छ । जनताको न्याय पुणर् आन्दोलनलाई निमोठ्न दलाल सत्ताका कारिन्दाहरुले कन्दनि कसेर जतिसुकै न्वारनदेखि कै बल लगाए पनि हामी लुटको स्वर्ग ध्वस्त पारेरै छोड्ने दृढ संकल्पित छौ ।यसै सन्दर्भमा विभिन्न माध्यमबाट हाम्रो पार्टीमा आएका मिटरव्याज सम्बन्धि अधिकांश मुद्दाहरुलाई पार्टीले फच्यौट गरिसकेको छ भने पार्टीले पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेका र नखोजेकाहरुको नाममा आजका मिति देखि १५ दिन भित्र तपशिलका निम्नलिखित कार्य गर्न विनम्रतापूर्वक निर्देशनात्मक अनुरोध गर्दछौ ।
१. बैकिङ कसुर, चेक अनादर, घरजग्गा तथा सम्पत्ति रोक्का, बिगो बराबरको रकम जम्मा गरि जेल हाल्ने लगायतका मुद्दा फिर्ता लिन ।
२. कालोसुचि (दबिअप ष्कित) हटाउन, दृस्टीबन्धक तथा छिनुवा पास लिएका घरजग्गा फिर्ता गर्न । (अनुत्पादक ऋणको हकमा सावाँ मात्र लिएर उत्पादक ऋणको हकमा सरकारी बैंकको सहुलियत ब्याजदर लिने ।)
३. मिटरब्याजि र बैंक तथा वित्तीय संस्थाको सेटिङमा लिलाम गर्ने र लिलाम सकारेका घरजग्गा सम्बन्धित व्यक्तिलाई लिलाम हुदा सम्मको न्युनतम व्याज लिइ फिर्ता गर्न ।
माथि उल्लेखित ३ बुँदे निर्देशन कत्ति पनि मोल्लाहिजा नगरि इमान्दारितापुर्वक कार्यान्वयन होस। हामी चाहन्छौं कि कुनै अप्रिय निणर्य लिनु नपरोस् । बेलैमा चेतना भया। हाम्रो अनुरोधलाई कमजोर ठानी अटेर गरेमा हामी निर्मम र निणर्ायक जनकारबाही गर्न बाध्य हुनेछौ। हामी कुनै आवेगमा पनि छैनौ, उत्तेजनामा पनि छैनौ। एक जिम्मेवार पार्टी हुनुको नाताले गम्भीरता साथ भन्न चाहान्छौ आम शोषित, पीडित, गरिव, सर्वहारा र श्रमजीवी जनताको रगत र पसिना चुस्ने जो कोही हाम्रो कारबाहीको निशाना हुनेछन ।
नोटः कृपया नक्कली मिटरव्याजि पिडित बनि पार्टीलाई गुमराहमा राख्ने कोसिस नगर्नु होला। पार्टीले मिटरव्याजि को हो, को होइन भनेर मिहिन ढंगले अध्ययन अनुसन्धान गरिसकेको छ । व्यक्तिगत आग्रह पुर्वाग्रह र प्रतिसोध साँध्न बदनियत राखेर पार्टिमा निवेदन गर्नेहरुलाई पनि पार्टीले दण्डित गर्ने व्यहोरा जानकारी गराइन्छ । वास्तविक कारोबारको हकमा माथि उल्लेखित बुँदाहरू आकर्षित हुने छैनन् ।
क्रान्तिकारी अभिवादन सहित ॥
१६ मंसिर २०८१
क. अमर
सेक्रेटरी



