



थर्काेट समाचारदाता
तुलसीपुर १२ माघ
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -३ मा वडा सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेपाली कम्युनिष्ट पार्टी क्षेत्र नम्बर -३ निर्वाचन संयाेजन समिति दाङले प्रतिनिधि सभा निर्वाचन -२०८२ लाई लक्षित गर्दै तुलसीपुर उपमहानगरपालिका -३ नम्बर वडामा वडा सम्पर्क कार्यालय स्थापना गरेकाे हाे । वडा सम्पर्क कार्यालय स्थापना भएपछि सम्पूर्ण पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट तथा चुनाव प्रचारप्रसारमा सहज भएको छ ।

साे वडा सम्पर्क कार्यालय स्थापना कार्यक्रममा वडा कमिटीका अध्यक्ष चेत बहादुर टमटा, पार्टीका ३ नम्बर वडाका ईञ्चार्ज सुरबिर वली, पार्टीका क्षेत्रीय कमिटी सदस्य प्रेम प्रकाश मल्ल, पार्टीका जिल्ला समन्वय सदस्य भरत महतरा, प्रेस सेन्टर तथा पार्टीका ३ नम्बर वडा कमिटीका सल्लाहकार दाेर्ण के.सी., सुदर्शन लगायत पार्टीका नेता तथा कार्यकर्ताहरु साथै सम्पूर्ण वडा कमिटी परिवारहरुकाे सहभागीता रहेकाे थियाे ।

