



दाेर्ण के.सी.
दाङ, ११कात्तिक
नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले बिज्ञप्ति मार्फत
नेकपा एमालेलाई चुनाैती दिनुभएको छ ।‘ सेक्रेटरी अमरले हाम्राे पार्टीले नेकपा एमालेलाई नभइ मिटर ब्याजीलाई ‘जनकारबाही’ गरेको उल्लेख गर्दै मिटर ब्याजीलाई कारबाही गर्दा एमालेलाई दुःख्छ भने हाम्राे पार्टीले अझ थप दुखाइ सहनका लागि तयार हुन चुनौति दिनुभएकाे हाे । उहाँले अगाडि भन्नुभयाे :नेकपा एमाले जननेता मदन भण्डारी, नेता मनमोहन अधिकारीले बनाएको पार्टी हो कि, मिनबहादुर र मिटर ब्याजीहरुले बनाएको पार्टी हो ? यसकाे जवाफ नेकपा (एमाले) दिन आबश्यक छ । दाङको घोराही उपमहानगरपालिका – १४ का ब्यबसायी दुर्गा पन्थले गरिव जनताहरुलाई पीडा माथि पीडा दिएकाे भन्दै असोज २९ गते नेकपा (बहुमत) ले पार्टीको निर्देशनानुसार मिटर ब्याजी र सुदखोरको आरोप लगाउँदै जनकारबाही गरेकाे थियाे । कात्तिक ९ गते नेकपा (एमाले) दाङका अध्यक्ष शिवकुमार आचार्य सहित पाँच जना पदाधिकारीले एमाले जिल्ला सल्लाहकार सदस्य पन्थमाथि भएको दुब्र्यबहार बिरुद्ध संयुक्त बिज्ञप्ति मार्फत निन्दा गरेका थिए । दोषीको पहिचान गरि कानुनी कारबाहीको माग गरेका थिए । एमाले दाङको बिज्ञप्ति सार्वजनिक भएकै दिन नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले फेरि बिज्ञप्ति मार्फत एमालेलाई जबाफ फर्काउदै साे चुनाैती दिनुभएकाे हाे। पार्टीका दाङका सेक्रेटरी अमरले एमालेलाई नभइ मिटर ब्याजीलाई ‘जनकारबाही’ गरेको उल्लेख गर्दै मिटर ब्याजीलाई कारबाही गर्दा एमालेलाई दुःख्छ भने थप दुखाइ सहनका लागि तयार हुन चुनौति दिनुभएकाे हाे । एमाले जिल्लाका पार्टीका पाँच पदाधिकारीले संयुक्त रुपमा पन्थीको पक्षमा जारी गरेको बिज्ञप्ति प्रति ब्यङ्ग्य गर्दै नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले पदाधिकारीका श्रीमान श्रीमतिको हस्ताक्षर सहित बिज्ञप्ति जारी गर्नका लागि तयार रहन आग्रह गर्नुभएको छ। सेक्रेटरी अमरले हाम्रो पार्टीले ‘बित्तीय आतंक बिरुद्ध लाल आतंक’ घोषणा गरेको उल्लेख गर्दै सुदखोर पन्थका पक्षमा एमाले दाङका नेताहरुले जारी गरेको बिज्ञप्तिले एमालेका इमान्दार नेताहरुको स्वाभिभानमा के, चोट पुगेको छैन ? भनेर सोधनुभएकाे पनि छ । साथै उहाँले एमाले जननेता मदन भण्डारी, नेता मनमोहन अधिकारीले बनाएको पार्टी हो कि, मिनबहादुर र मिटर ब्याजीहरुले बनाएको पार्टी हो ? भन्ने प्रश्नपनि सोधनुभएकाेछ ।
बहुमतका जिल्ला सेक्रटरी अमरले मिटर ब्याजी पन्थमाथि सांकेतिक ‘ जनकारबाही) गरेको र उनलाई दश दिन भित्र जनताको घर जग्गा फिर्ता गर्न दिएको निर्देशन पालना नगरे थप कारबाही भोग्नका लागि तयार रहन चेतावनी पनि दिनुभएकाे छ । अमरले आँफुहरुको निर्देशन अटेर गरे, सत्ताको आडमा आफ्ना कार्यकर्तालाई झुटो मुद्दा लगाइत फसाउन खोजे पन्थमाथि दोस्रो चरणको कारवाही गर्ने बिज्ञप्ति मार्फत चेतावनीे दिनुभएकाे छ ।
सेक्रेटरी अमरले जनतामाथि बित्तीय सोषण गर्ने मिटर ब्याजी र लुटेरा बित्तीय संस्थालाई कानुनी कारबाही गर्न र पीडित जनतालाई न्याय दिन राज्यसंग माग पनि गर्नुभएकाे छ।
राज्यले जनतालाई न्याय नदिने हो र मिटर ब्याजीलाई नगर्ने हो भने नेकपा (बहुमत) जनताको न्यायका लागि ‘जनअदालत र जनसत्ता’ पुनः सूचारी गर्न बाध्य हुने सक्रेटरी अमरले बिज्ञप्ति मार्फत चेतावनी पनि दिनुभएकाे छ।
