









काठमाण्डौं, २३ श्रावन । बुधबार नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेन सहित ५ जनाको शव निकालिएको छ । काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर आसपासमा बेपत्ता भएको हो । हेलिकप्टरसँग अन्तिम पटक सूर्यचौरबाट सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टरको खोजीका लागि सूर्यचौर क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दा परिचालित भएका छन् । हेलिकप्टर पाइलट अरुण मल्ल बाहेक अरु चार जना चिनियाँ नागरिक रहेको पाइएको छ ।


