











दोर्ण के.सी.
तुलसीपुर २१ पुस
नमुना महिला सामुदायिक वन उपभोक्ता समुह तुलसीपुर–३ दमारगाउँ दाङले शनिवार एक कार्यक्रमका बिच झाडी सफाइ कार्य सम्पन्न गरेको छ । समुहको वन क्षेत्रमा खाली रहेका जमिनहरूमा एकातिर झाडी पलाएर मानिसहरू हिड्न नसकिने भएको थियो भने अर्को तर्फ समुहको वन क्षेत्रमा खाली रहेका जमिनहरू अतिक्रमण हुनबाट जोगाउनका लागि समुहले झाडी सफाइ कार्यलाई तिब्रता दिएको हो । समुहका अध्यक्ष हुम बहादुर बिकको अगुवाईमा सुरू गरेको यो सफाई कार्यक्रममा सम्पूर्ण


उपभोक्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा समुहका सम्पूर्ण कार्य समिति तथा उपभोक्ता सदस्यहरू, सब डिभिजिन कार्यालय तुलसीपुरका कुल बहादुर रेउले, पत्रकार तथा समुहका प्रेस सल्लाहकार दोर्ण के.सी., विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरूको सहभागिता रहेको थियो । समुहका सम्पूर्ण उपभोक्ताहरूले वन क्षेत्रभित्र पलाएका झाडीहरूलाई सफाई गरि वनलाई स्वच्छ, सफा हराभरा बनाएका छन् ।





