




दाेर्ण के.सी.
तुलसीपुर १९ पुस
लघुबित्त तथा बित्तीय शोषण बिरुध्द संघर्ष समिति नेपाल तुलसीपुर दाङले शुक्रबार एक कार्यक्रम काे आयाेजना गरि दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका स्तरीय र्याली तथा काेणसभा तुलसीपुरमा सम्पन्न गरेकाेछ। आर्थिक क्रान्तिकाे लागि जन आन्दोलनमा जुटाै, ऋण मुक्त जनता,





ऋण मुक्त देश त्यसपछि आउँछ विकाशकाे भेल भन्ने मुल नाराका साथ लघुबित्त तथा बित्तीय शोषण बिरुध्द संघर्ष समिति नेपाल तुलसीपुर दाङले आयाेजना गरेकाे दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका स्तरीय र्याली तथा काेणसभा बजनरका विभिन्न ठाउँहरु परिक्रमा गरि तुलसीपुरकाे नयाँ बसपार्कमा कार्यक्रम सम्पन्न गरिएको थियाे । लघुबित्त तथा बित्तीय शोषण

बिरुध्द संघर्ष समिति नेपाल नगरका अध्यक्ष शरण थारुकाे अध्यक्षता एंव लघुबित्त तथा बित्तीय शोषण बिरुध्द संघर्ष समिति नेपालका केन्द्रीय उपाध्यक्ष तथा युवा तथा सांस्कृति बिभागका केन्द्रीय संयोजक रमेश सेन्चुरीकाे प्रमुख आतिथ्यता तथा लघुबित्त तथा बित्तीय शोषण बिरुध्द संघर्ष समिति नेपाल दाङका जिल्ला अध्यक्ष कृष्णबहादुर सुनारकाे विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा लघुबित्त तथा बित्तीय शोषण बिरुध्द संघर्ष समिति नेपालका जल्ला तथा नगरका सम्पूर्ण कार्य समिति तथा सदस्य हरुकाे सहभागीता रहेकाे थियाे ।


