थर्कोट समाचारदाता
दाङ, १ माघ ।
दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा देवर भाउजु गम्भिर घाइते भएका छन् । घोराही–सडकखण्ड अन्तगर्त घोराही उपमहानगरपालिका–१० गुर्जेखोला नजिकै आज दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ११५६ नम्बरको बसले विपरित दिशाबाट गइरहेको रा ७ प १२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा देवर भाउजु गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन प्रसाद तिमील्सिनाले जानकारी दिनुभएको हो। बसको ठक्करबाट मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका–३ घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा बस्ने ४० वर्षिय जहरेलाल सुनार र मोटरसाइकलमा पछाडी सवार उहाँको भाउजु तुलसीपुर–४ का नरमकुमारी सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन प्रसाद तिमील्सिनाले जानकारी दिनुभएको थियो । घाइते देवर भाउजु दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds