थर्कोट समाचारदाता
तुलसीपुर, ५ माघ ।
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले दाङमा देखिएको पानीको सङ्कटका विषयमा सरकार गम्भिर रहेको बताउनुभएको छ । अहिले पनि एक गाग्री पानी ल्याउनका लागि घण्टौँ समय लाग्ने ठाउँहरू दाङमा दर्जनौ रहेको बताउँदै मन्त्री चौधरीले समस्या समाधानका लागि आफु लागि पर्ने बताउनुभयो । अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको २१ औं वार्षिक साधारणसभा तथा १४ औ अधिवेशनलाई तुलसीपुर–८ अश्वारामा सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । आफू धानाड्य परिवारमा जन्मेको नभइ किसान थारूको घरमा जन्मेकाले पानीका दुःख र पीडाका विषयमा जानकार रहेको बताउँदै पानी र सिँचाइको चरम अभाव र समस्या भएको ठाउँको पहिचान गरेर समुचित बजेटको व्यवस्था गरेर समाधानको उपाय खोजिने बताउनुभयो । सरकारले अघि सारेको ‘एक घर एक धारा’ को नीति अनुसार स्वच्छ, सफा र सुरक्षित खानेपानीमा नागरिकको पहुँच वृद्धि गर्न सरकार लागिपरेको सिँचाइ मन्त्री चौधरीले बताउनुभयो । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि साना सहकारी खानेपानी महासङ्घका केन्द्रिय अध्यक्ष खेमराज वलीले सरकारले सामुदायिक खानेपानी माथि कर थोपरेर नागरिकलाई खानेपानीबाट बञ्चित गर्न खोजेको आरोप लगाउनुभयो । संविधानमा व्यवस्था भए अनुसार सरकारले गर्नुपर्ने काम समुदायले गरिरहेको बताउँदै उनिहरुलाई प्रोत्साहन गर्नुको साटो उल्टै कर लगाएर खानेपानीलाई ध्वस्त गर्न खोजेको बताउनुभयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका ८ का वडा अध्यक्ष धर्मराज वलीले खानेपानी समितिले वडासंग सहकार्य गरेर गर्न सकिने कामहरू प्रस्तावमा ल्याएकाले त्यसलाई कार्यान्वयन गर्ने प्रतिवद्धता गर्नुभयो । अधिवेशनमा वडा सदस्य हस्त बहादुर बिक तकियापुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष तिलक केसी, मावि अश्वाराका प्रअ शिव प्रसाद लामिछाने, अश्वारा सामुदायिक वनका अध्यक्ष यमप्रसाद सुवेदी, खानेपानीका पूर्व अध्यक्ष तिलक बहादुर बस्नेत, चेतना टोल विकास संस्थाका अध्यक्ष मंगल सिंह रोका, समितिका सहसचिव जया घर्ती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा भएको अधिवेशनमा सचिव ओपेन्द्र बस्नेतले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न व्यक्तीहरुलाई सम्मान
सो अवसरमा रेडियो प्रकृति एफएम मार्फत जल, जंगल, जमिन र प्राकृति स्रोत माथि स्थानीय समूदायको अधिकार स्थपित गराउनका लागि भूमिका खेलेको भन्दै रेडियो प्रकृति एफएमका प्रेमकुमारी बुढामगरलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा कार्यालयका प्रमुख गंगाराम बस्नेतलाई सम्मान गरिएको थियो । त्यसैगरी जेष्ठताको आधारमा जेष्ठ नागरिक चीत्रा कुमार खत्री, बृखबहादुर घर्तीमगरलाई सम्मान गरिएको थियो भने मावि अश्वाराको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै शिक्षक खगेन्द्र प्रसाद काफ्लेलाई सम्मान गरिएको थियो । सो अवसरमा स्यवमसेविका सारदा सेन, खानेपानीका पूर्व अध्यक्ष तिल बहादुर बस्नेत, उपभोक्ता हर्क बहादुर खत्री र चेतना टोल विकास संस्थाका अध्यक्ष मंगल सिंह रोका, त्यसैगरी मरणो प्रान्त स्वर्गी यम बहादुर विक र टेक बहादुर बोहरलाई पनि सम्मान गरिएको थियो । अधिवेशनमा नेपाल मानव धर्म सेवा समितिका बाल कलाकारहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए । अधिवेसनले आगामी वर्षका लागि नया नेतृत्व चयन गर्ने छ । तुलसीपुर खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds