दाङमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिदा चार जना घाइते

Byदोर्ण के.सी.

२ आश्विन २०८१, बुधबार १६:५७ २ आश्विन २०८१, बुधबार १६:५७ २ आश्विन २०८१, बुधबार १६:५७

थर्कोट समाचारदाता
तुलसीपुर, २ असोज ।
दाङको तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोकिदा चार जना घाइते भएका छन् । घाइते हुनेमा रा ४ प ३०९३ नंम्बरको मोटरसाइकल चालक तुलसीपुर( २ कुमलगढिका २४ वर्षका मनोज चोधरीको दायाँ खुट्टामा चोट गालेको प्रहरीले जनाएको छ । उहाँको अवस्था मध्यम रहेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रा ८ प ३८२७ नंम्बरको मोटरसाइकल चालक तुलसीपुर( ९ बेलुवाका २४ वर्षीय संजिव चौधरी, पछाडि सवार सोही ठाँउका २२ वर्षका दिल बहादुर चौधरीको दायाँ खुट्टा घुडा मुनिबाट चुडिएको छ । मेटरसाकलमा चालक सहित ३ जना सवार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । यस्तै मोटरसाइकलमा पछाडि सवार तुलसीपुर( ९ का २४ वर्षका कृष्ण चौधरीको बाँया खुट्टामा चोट लागेको छ । घाइते सबैको अबस्था मध्यम रहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो । घाइतहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds