तुलसीपुर,९ माघ । चिसो बढेको भन्दै दाङको लमही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक चिसो बढेकाले बालबालिकालाई असर पुर्याउन थालेपछि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।हिजो बसेको नगर कार्यपालिका बैठकले आज माघ ९ गतेदेखि माघ १२ गतेसम्म नगरभित्रका निजी र सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds