दाङमा घर भत्किदा दमपती घाइते

Byदोर्ण के.सी.

२१ भाद्र २०८१, शुक्रबार १७:४९ २१ भाद्र २०८१, शुक्रबार १७:४९ २१ भाद्र २०८१, शुक्रबार १७:४९

थर्कोट समाचारदाता
तुलसीपुर २१ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर४
लामीदमारमा घर भत्किदा २ जना घाइते भएका छन् भने ७ वटा खसीबाख्रा समेत मरेका छन् । अविरल वर्षात पछि घर माथिबाट आएको पहिरोका कारण आज बिहान करिब साढे एक बजे घर भत्किदा तुलसीपुर–४ लामीदमारको न्यौपाने टोल निवासी ६१ वर्षका नन्दलाल भण्डारी र निजको श्रीमती वर्ष ६० कि डल्ली भण्डारी घाईते भएका छन् । दमपतीको ढाड र हातमा चोट लागेको घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात डिस्चार्ज गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । त्यसैगरी घरमा १२ बाख्रा मध्य च्यापीएर ७ वटा खसी बाख्रा मरेका र ५ वटा बाख्राहरू जिबीतै रहेका छन् । २ तले कच्चि घरको भुँइतलामा खसीबाख्रा र माथिल्लो तलामा भण्डारी दम्पति बस्दै आएका थिए । एक्कासी घर माथीबाट आएको पहिरोले घर भत्काएपछि त्यस्तो समस्या आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds