दाङको तुलसीपुरमा ठोकिय तीन वटा सवारी साधन, दुई जना घाइते

Byदोर्ण के.सी.

३१ श्रावण २०८१, बिहीबार १३:३९ ३१ श्रावण २०८१, बिहीबार १३:३९ ३१ श्रावण २०८१, बिहीबार १३:३९

थर्कोट समाचारदाता
तुलसीपुर, ३१ साउन ।
दाङको तुलसीपुरमा बिहीबार तीन वटा सवारी साधन एकआपसमा ठोकिदा ठोकिएकाछन् । ति सवारी साधन ठोकिदा दुई जना घाइते भएका छन् । मिनी ट्रक, स्कुटी र ट्रक एक आपसमा ठोकीदा दुई जना घाइते भएको प्रहरीले जनाएको हो । इलाका प्रहरी कायालय तुलसीपुरका अनुसार स्कृटी चालक तुलसीपुर –९ का २७ वर्षीया कल्पना नेपालीको छाति, दुवै हात खुट्टामा चोट लागेको छ । उहाँको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै स्कुटीमा पछाडी सवार घोराही –८ का २७ वर्षीय किरण भण्डारीको शरिरमा भित्रि चोट रहेको र अबस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभएको छ । घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएको थियो । बिहिबार दिउँसो ४ बजेतिर नेपालगंजबाट तुलसीपुर तर्फ आउदै गरेको बाग्मती प्रदेश ००३ क ९७५६ नंम्बरको मिनि ट्रक र सोही दिशाबाट आउदै गरेको रा ५ प २६९१ नंम्बरको स्कुटी र विपरित दिशाबाट जादै गरेको भे १ क १८०१ नंम्बरको ट्रक एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ । दुर्घटना तुलसीपुर– १२ रझेनामा भएको हो । प्रहरीले बाग्मती प्रदेश ००३ क ९७५६ नंम्बरको मिनि ट्रक चालक पाल्पा रैनादेबी छहरा गाउँपालिका ३ का ३१ वर्षका चन्द्र बहादुर रावत र भे १ क १८०१ नंम्बरको ट्रके चालक बाँके कोहलपुर नगरपालिका(७ का ३३ वर्षका सुमन थारुलाई नियन्त्रणमा लिएको छ ।तिन वटै सवारी साधन प्रहरी चौकी जसपुरको नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds