









थर्कोट समाचारदाता
तुलसीपुर, २९ दाङ ।
दाङको तुलसीपुरमा अटो दर्घटनाभएको छ । अटो दुर्घटनामा परि ५ जना घाइते भएका छन् । यसरी अटोमा घाईते हुनेहरूमा अटोमा सवार तुलसीपुर–७ का २९ वर्षीय शंकर खड्का, तुलसीपुर–१९ का ४१ वर्षीय बुद्धिकला वली, रोल्पा रुन्टिगढि–४ का ३३ वर्षीया सीता पुन र उहाँको छोरी १२ वर्षीया लक्ष्मी पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी निरिक्षक थापाका अनुसार ति घाईतेहरूसँगै अटो चालक तुलसीपुर–१७ का २२ वर्षीय भुपेन्द्र वली पनि घाईते भएको र उनको बायाँ खुट्टामा चोट लागेको बताएकाछन् । सबै घाइतेहरुको अबस्था सामान्य रहेको र सबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक थापाले जानकारी दिएका छन् ।


