तुलसीपुर महोत्सव २०८० को रौनक बढ्दै

Byदोर्ण के.सी.

२६ माघ २०८०, शुक्रबार १५:४१ २६ माघ २०८०, शुक्रबार १५:४१ २६ माघ २०८०, शुक्रबार १५:४१

तुलसीपुर, २६ माघ । गत बुधवारदेखि तुलसीपुरमा तुलसीपुरमा सञ्चालित तुलसीपुर महोत्सव–२०८० को आज तेस्रो दिन हजारौ दर्शकले अवलोकन गरेको महोत्सव मूल आयोजक समितिले जानकारी दिएको छ । शुक्रवार चर्चित कलाकार पुस्कल शर्मा, सम्झना रणपाल, विष्णु सिंजाली, टेकराज भण्डारीलगायतका कालाकारहरुले प्रस्तुति राख्नुभएको थियो । महोत्सवमा ३ बजेपछि अपेक्षा गरिएभन्दा बढी दर्शक उपस्थित भएको सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘चर्चित कलाकारहरुको प्रस्तुति भएका कारण शुक्रवार अफिस समयपछि दर्शकहरुको उल्लेख्य उपस्थित भयो ।’महोत्सवमा कलाकार पुस्कल शर्माले तिम्रो घरमा नौमति बजाउँदा मलाई लान्छन् जोर शंख फूकेर, मुटु जलाई जलाई, तिम्रो घर मेरो घर, एउटै बनाम् थरलगायतका गित गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्र्नुभएको थियो । चिसो मौसम र ढल्दै गरेको साँझका बिच पनि गायक शर्माको प्रस्तुतिमा युवादेखि बृद्धसम्मले नाचेर साथ दिएका थिए ।भोलि शनिवार दर्शकहरुको उपस्थिति आजको तुलनामा ४ गुणा बढ्ने आयोजकको आँकलन छ । मूल आयोजक समितिका एक सदस्यले भन्नुभयो– ‘मेलामा दर्शकको संख्या बढ्दो छ । मौसमले पनि उत्तिकै साथ दिएको छ । त्यसकारण भोलि शनिवार भएको र लोकप्रिय कलाकारहरुको प्रस्तुति पनि रहेकोले दर्शकको भीड बढ्छ ।’शनिवार चर्चित कलाकारहरु कृष्ण रेउले, अर्जुन सापकोटा, सिर्जना खत्री ‘हाउडे माया’, सदिक्षा पोख्रेल तथा डान्सर सरिस्मा वलीलगायतका कलाकारहरुको प्रस्तुति रहने संस्कृतिक संयोजक खत्रीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds