



थर्कोट समाचारदाता
दाङ, ४ फागुन ।
तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुतिसँगै दर्शकहरू उत्साहित भएका थिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाएका हुन् । गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाउनुभएको थियो । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उहाँको आकर्षक प्रस्तुतीकरणले माहोललाई झन् रौनकपूर्ण बनाएको थियो । दोस्रो तुलसीपुर महोत्सव विभिन्न सांगीतिक, सांस्कृतिक तथा व्यापारिक प्रदर्शनीहरू सहित दिनप्रतिदिन रौनक बढिरहेको छ । आज चौथो दिन चर्चित गायिक इब्सन सन्ज्याल, बिमता घर्तीको पनि प्रस्तुति रहेको थियो । भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभएको थियो । महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उहाँले भन्नुभयो–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् । मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्श तुलसीपुरले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताएको थियो । ‘आयोजकले अहिले महोत्सवमा स्थानीय उत्पादन प्राथमिकता दिन निःशुल्क स्टल उपलब्ध गराएका छ ।

