थर्कोट समाचारदाता
दाङ २८ माघ । ‘
स्टेज क्वीन’को रुपमा आफूलाई स्थापित गर्न सफल गायिका भूमिका गिरीको आईतबार तुलसीपुर महोत्सवमा प्रस्तुति रहेको थियो। भुमिकाको ‘उजेली जुनेली , देउरालीमा, रंग रसैमा, चोली मैलो भो, बुट्टा भरेको , तिउन मिठो बनायो चुकैले , हङकङको चुरोट गोरखपुरको सलाई, तारा संगै जुन’ लगायतका धेरै गीत स्टेजमा लोकप्रिय रहेको छ । तुलसीपुर(६ को खुल्ला मैदानमा माघ २४ गते शुरु भएको महोत्सवमा आज चर्चित गायिका भुमिका गिरी, गायक खेम सेन्चुरी, डान्सर आरुषी मगर सहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहहेको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds