दोर्ण के..सी.
तुलसीपुर, २७ फागुन ।
दाङको तुलसीपुरमा तुलसीपुर चेम्बर अफ कर्मशले आयोजना गरेको दोस्रो तुलसीपुर महोत्सव २०८१ द्वारा मजदुरहरु ठगिएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा यही फागुन १ गते देखी १७ गतेसम्म सञ्चालन भएको दोस्रो तुलसीपुर महोत्सव २०८१ मा स्टल बनाउने काम गरेका मजदुरहरु ठगिएका हुन् । तुलसीपुर चेम्बर अफ कमर्शले १० जना मजदुरको झण्डै साढे ३२ लाख रुपैयाँ दिन बाकी रहेको पिडितहरुले आज रिपोटर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सबैभन्दा धेरै रकम ठगिएका पिडित गणेश प्रसाद पन्थीले आफ्नो मात्रै १५ लाख रुपैयाँ पाउन बाकी रहेको बताउनुभयो । कपिलवस्तुको शिवराज नगरपालिका–५ का पन्थीले महोत्सवमा झण्डै ५ सय ३६ वटा स्टल निर्माण लगाएतको गरी १६ लाख रुपैयाँमा सम्झौता भएपनी १ लाख मात्रै पाएको बताउनुभएको थियो । अन्य १५ लाख रुपैया नपाएपछी दिलाइदिनका लागि प्रहरी प्रशासनमा धाएपनी कुनै सुनुवाई नभएपछी बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरेको भन्दै उहाँले पत्रकार सम्मेलन मार्फत दुखेसो पोख्नुभएको हो। उहाको १५ लाख सहित उहाँ जस्ता १० जनाले प्रतिव्यक्ती २० हजारदेखी ४ र ५ लाखसम्म पाउन बाकी रहहहेको बताएका थिए ।

पहिले महोत्सव नसकिदै सबै रकम दिने सहमती भएपनी अहिले महोत्सव सकिएको १० दिन बितिसक्दा समेत आफुहरुले पैसा नपाएको पिडितहरुको गुनासो रहेको थियो। महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषीराज भण्डारीले पनि यस विषयमा गैरजिम्मेवार अभिव्यक्ती दिएको उनीहरुले पत्रकार सम्मेलन मार्फत बताएका थिए । तुलसीपुर उप–महानगरपालिकाबाट चेम्बरले महोत्सव सञ्चालनका लागि अनुमती पाएपनी बिचमा विभिन्न ठेकेदारको कब्जामा महोत्सव गएपछी अहिले मजदुरहरुको बिचल्ली हुने अवस्था आएको हो । चेम्बरले अन्य ठेकेदारलाई महोत्सव ठेक्कामा दिएकाले कामदारहरुले ठेकेदारसँग नै सम्झौता गरेका थिए । तर, अहिले ठेकेदार सम्पर्कबिहिन भएपछी कामदारहरु अन्योलमा परेको बताएका हुन् । बाहिर जिल्ला काठमाडौं र सुर्खेतका ठेकेदार घनश्याम श्रेष्ठ, राजु अधिकारी लगाएतका व्यक्ती अहिले सम्पर्कबिहिन भएपछी ठेकेदारसँग समन्वय गराइदिन आग्रह गर्दा चेम्बरका अध्यक्षले कुनै वास्ता नगरेको पिडित पक्षले गुनासो गरेका छन् । आफुहरुले पैसा नपाउनुमा महोत्सव आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्शकै ठुलो भुमिका रहेको भन्दै उनीहरुले तत्काल आफ्नो पैसा उपलब्ध गराउन माग गरेका छन् । चेम्बरले चाहेमा आफुहरुले पैसा पाउने सम्भावना रहेको भन्दै उनीहरुले चेम्बरका अध्यक्ष ऋषीराज भण्डारीले यसको जिम्मा लिनुपर्ने बताएका हुन् । पिडितहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनी साथ दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै रास्वपा लुम्बिनी प्रदेशका सदस्य भक्त डाँगीले तत्काल पिडितको पैसा फिर्ता गर्न माग गर्नुभएको छ । महोत्सव सञ्चालनको जिम्मा लिएको चेम्बर अफ कमर्शले ठेकेदारलाई सिकाएर आफु पन्छिने काम गरिहेको भन्दै उहाँले कुनैपनि हालतमा पिडितले पैसा पाउनुपर्ने बताउनुभएको थियो । पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds