थर्कोट समाचारदाता
तुलसीपुर, १ फागुन ।
आजबाट सुरु हुन लागेको दोस्रो तुलसीपुर महोत्सवको उद्घाटन गर्न उद्योगमन्त्री नआएपछि महोत्सव खल्ले भएको थियो । आज मेला उद्घाटन गर्न आउने भनेका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी नआउने भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिनुभएको थियो । तुलसीपुरमा मन्त्री भण्डारी नआउने खबर माथिल्लो निकायबाट प्राप्त भएको डीएसपी ठकुरीले बताउनुभएको हो। दिउँसो १ बजे महोत्सवको विधिवत रूपमा उद्घाटन गर्नका लागि उद्योगमन्त्री भण्डारी आउने कुरा व्यापक भएपछि महोत्सव खल्लो भएको थियो। तर, आज उद्घाटनको मुखमै मन्त्री भण्डारी दाङ नआउने खबर सार्वजनिक भएको हो । मेला मुल आयोजक तुलसीपुर चेम्बर अफ कमर्सले उद्योगमन्त्रीबाट मेला उद्घाटन गर्ने भव्य तयारी गरिरहेका बेला मन्त्री नआउने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds