










थर्काेट समाचारदाता
तुलसीपुर ३० कार्तिक
दाङको तुलसीपुरमा नक्कली नाेट सहित ३ जना पक्राउ परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनीहरु तुलसीपुर बजारका विभिन्न पसलहरुमा, तुलसीपुर उपमहानगरपालिका -३ का विभिन्न पसलहरुमा, तुलसीपुर उपमहानगरपालिका- ९ बेलुवा र ऐ . ५ बसपार्क पिपलबोट स्थित अबैध रुपमा नक्कली नोट(रु. १००० को) कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस का.बाट प्र.नि. विनोद राज खत्रीको कमाण्डमा ७ जनाको प्रहरी टोली खटिगइ निम्न स्थान बस्ने निम्न ब्यक्तिहरालाई नियन्त्रणमा लिइ चेकचाँज गर्दा उनीहरु नक्कली नाेट (रू. १००० को) १२ वटा नोट जम्मा रु १२०००।– (बाह्र हजार) सहित नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभएको छ । यसरी पक्राउ पर्नेहरुमा :
१. जि.दाङ तुलसीपुर उ.म.न.पा. १० राइसल्यान बस्ने बर्ष ३० को राम मनी चौधरी ।
२. ऐ.ऐ. ८ बस्ने बर्ष १७ को सुमन वि.क. ।
३. ऐ.ऐ.९ दोघरे बस्ने बर्ष १९ को धन बहादुर खत्री ।
४. ऐ.शान्तिनगर गा.पा.४ घर भई हाल तुलसिपुर ९ बेलुवा बस्ने बर्ष १७ को शिसिर वि.क. । रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी थापाले जानकारी दिनुभएको हाे ।



