थर्कोट समाचारदाता
तुलसीपुर, २९ फागुन ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा तीन वटै प्यानलले घरदैलोलाई तिब्र बनाएका छन् । माओवादी केन्द्र सहितका दलको समर्थनका उम्मेदवार सिताराम शर्माको प्यानल, काँग्रेसका उम्मेदवार यमकान्त भण्डारीको प्यानल र एमालेका मनोज लामिछानेको प्यानलले घरदैलोलाई तिब्र बनाएका हुन् । विहीबार तीनवटै प्यानल तुलसीपुर बजारका बिभिन्न ठाउँमा घरदैलो गरेका हुन् । २ चैतमा हुन लागेको निर्वाचनलाई लक्षित गरि घरदैलोलाई तिब्र बनाएका हुन् । सबै प्यानलका केन्द्रीय स्तरका नेताहरु सहित यसरी घरदैलोमा हिडिरहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds