थर्कोट समाचारदाता
तुलसीपुर ३ चैत ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको मतगणना जारी रहेको छ । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलको अग्रता कायमै छ । १ हजार ८ सय ८१ मत गणना गरि सक्दा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ८ सय ३५ मत प्राप्त गरी अग्रता कायम गर्नु भएको छ । भण्डारीलाई नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले पच्छयाइ रहनु भएको छ । शर्माले ६ सय १९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार मनोज लामिछानेले ४ सय २३ मत प्राप्त गर्नु भएको निर्वाचन समितिका संयोजक प्रदीप धितालले जानकारी दिनुभएको छ । खानेपानीको उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्माको अग्रता कायमै छ ।

शर्माले ८ सय ३६ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसीले ५ सय ५९ र माओबादीका दुर्गाप्रशाद भण्डारीले २३ सय २ मत ल्याउनु भएको छ । पछिल्लो समय सचिव पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले ७ सय ५० मत प्राप्त पाउनु भएको छ भने नेकपा एमालेका उम्मेदवार भुवन भुसालले ६ सय १४ मत प्राप्त गर्नु भएको छ । त्यस्तै कोषाध्यक्ष पदमा पनि काँग्रेसका भोला थापा अगाडि हुनुहुन्छ । उहाँले सुरुदेखि नै प्रतिष्पर्धी भन्दा अग्रता बढाउँदै लग्नु भएको छ । थापाले ८ सय ७० मत प्राप्त गर्दा एमालेकी सुशिला न्यौंपानेले ५ सय ६७ र माओबादीका कर्णबहादुर वलीले ३ सय ४ मत प्राप्त गर्नु भएको छ । शनिबार भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ९८ मत खसेको थियो । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए । निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थिती भएका थिएन्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds