









दोर्ण के.सी.
तुलसीपुर ०७ बैशाख
तुलसीपुर उपमहानगरपालिकाले राजस्व संकलनमा गत वर्षको भन्दा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस आर्थिक वर्षको चैत २७ गतेसम्म २ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । राजस्व संकलनको तथ्याँक हेर्दा चालु आर्थिक वर्षको साउन देखि चैत २७ गतेसम्म करिव ९ महिनाको अवधिमा १९ करोड, ९३ लाख ५ सय २७ रुपैयाँ राजस्व संकलन भएको छ भने गत आर्थिक वर्ष २०८०र०८१ को यही अवधि अर्थात साउन देखि चैत २७ गतेसम्म १७ करोड ५० लाख राजस्व संकलन भएको थियो । राजस्वको तथ्याँक अनुसार यस वर्ष सबैभन्दा धेरै राजस्व घरजग्गा रजिष्टेशनबाट संकलन भएको छ । यस बाट ५ करोड २० लाख संकलन भएको छ । जसमा सम्पति करबाट १ करोड, १० लाख, ७१ हजार, ३ सय ७४ रुपैयाँ, भूमिकरबाट १ करोड ४० लाख ५७ हजार ३ सय, जग्गा । वहाल करबाट १ करोड, २१ लाख, ७० हजार, ९० रुपैयाँ, वहाल विटौरी करबाट ३५ लाख २८ हजार ९ सय ३९ रुपैयाँ , पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबापत १ करोड ५० लाख ५८ हजार ८ सय ७८ रुपैयाँ संकलन भएको छ । यस्तै अन्य मनोरञ्जन करबापत १ लाख, व्यवसाय रजिष्टेशन दस्तुरबाट ८९ लाख ८५ हजार ३ सय ३९ रुपैयाँ, अन्य करबापत ५४ लाख ६६ हजार ३ सय ३५ रुपैयाँ, अन्य सेवा शुल्कबापत ८१ लाख १८ हजार ७ सय ४२, नक्सापास दस्तुर ५७ लाख ९२ हजार ३ सय २१, सिफारिस दस्तुरबाट २ करोड ५ लाख ५१ हजार ९ सय ५६, व्यक्तिगत घटना दर्ता दस्तुर ३४ लाख ३५ हजार १७ रुपैयाँ, अन्य दस्तुरबाट ६७ लाख ३६ हजार ७ सय १८ रुपैयाँ, खानी तथा खनिज सम्बन्धी दस्तुरबाट १६ लाख ८८ हजार २ सय ६१, न्यायिक दण्ड जपरवाना र जफतबाट १२ लाख ७६ हजार ८ सय १६ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ५ लाख ७० हजार ८ सय ६७, अन्य राजस्व ८४ हजार ७ सय ९० र बेरुजुमा ६ लाख ३७ हजार ८१ रुपैयाँ रहेको छ । उपमहानगरपालिकामा यसवर्ष राजस्व संकलनको लक्ष्य नै धेरै राखिएको तुलसीपुर उपमहानगरपालिकाका राजश्व प्रसाशन शाखा प्रमुख पुस्पलता घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको लक्ष्य ५२ करोड २० लाख रहेको छ भने गत आर्थिक वर्ष २०८०। ०८१ मा ३६ करोड लक्ष्य राखिएको थियो । गत वर्ष लक्ष्य भन्दा केही कम राजस्व संकलन भएको थियो । ३६ करोड लक्ष्य राखिएकोमा ३० करोड २० लाख संकलन गरिएको थियो । यसवर्ष नदी जन्य पदार्थ ढुङ्गा, गिट्टी बालुवा उपमहानर आफैँले टेण्डर खोलेर विक्र गर्ने निर्णय अनुसार केही राजस्व संकलन हुन्छ भन्ने उद्देश्यले राजस्वको लक्ष्य बढाइएको हो । राजस्वको दायरा मात्रै फराकिलो बनाएका छौँ, राजस्व बढाएका छैनौँ उहाँले भन्नुभयो । यता उपमहानगरको राजस्व संकलनमा वृद्धि हुनु सकारात्मक पक्ष रहेको नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक माधव वलीले बताउनुभयो । समयमा नै कर तिरेर आफ्नो अधिकार प्रयोग गर्नमा नागरिकहरु जानकार र सचेत समेत हुदै गएको उहाँको भनाइ छ । उपमहानगरले राजस्वको बारेमा नागरिक सचेतीकरणका कार्यक्रमहरु संचालन गरिरहेकाले यसको उपलव्धी समेत रहेको उहाँले बताउनुभयो । हरेक आर्थिक वर्षको पहिलो त्रैमासिकमा २० प्रतिशत दोस्रो त्रैमासिकमा १० प्रतिशत, तेसा्रे, चौथो त्रैमासिकसम्म राजस्व बुझाउँदा राज्यले क्रमश नियमानुसार करदातालाई पनि छुटको व्यवस्था गरेको छ । यति मात्रै होइन तुलसीपुर उपमहानगरपालिकाले पहिलो कर दातालाई स्थापना दिवसको अवसरमा सम्मान समेत गर्दछ ।


