थर्कोट समाचारदाता

तुलसीपुर २९ फागुन ।

तुलसीपुर उपमहानगरपालिकाले सरकारी कामकाजहरू सहज बनाउने उद्देश्यले कर्मचारीहरूलाई सवारी साधनहरू उपलव्ध गराएको छ । यसरी पालिकाले कर्मचारीहरूलाई दिएका सवारी साधनहरु सहि ढंगले प्रयोग नभएको देखिएको छ । ती सवारी साधनहरू सहि ढंगले प्रयोग नभएको मात्र होइन, सम्बन्धित व्यक्तिले प्रयोगमा नल्याई उनहिरूका आफन्तले प्रयोग गरेको कुरा विशेष श्रोतबाट खुल्न आएको छ । तुलसीपुर उपमहानगरपालिकामा भइरहेको यो गतिविधी भने कुनै नौलो कुरा होइन तर बिरालोको घाँटीमा घण्टी बाँँध्ने कसले ?  सम्बन्धित शाखा र विषयगत समिति तैं चुप, मै चुपको अवस्थामा रहेकाछन् । केनै एउटा फायल लिन गयो भने केही कोठामा कर्मचार भेटिदैनन् । उनीहरूलाई लामो समयसम्म खोज्नु पर्दछ । भेटिएपनि कुनै कुरा दिन मनै गर्दैनन् । जसले दुरुपयोग गर्नेहरुको लिष्ट लामै छ कि भन्ने आशंका छ । उपमहानगरपालिकाको जिन्सी शाखाबाट पाँचवटा स्कुटी र २७ वटा मोटरसाइकल गरि जम्मा ३२ वटा दुई पांग्रे सवारी साधन सरकारी कामकाजका लागि भनेर विभिन्न शाखा प्रमुख तथा वडा सचिवहरुले बुझेका छन्,  ।

जुन खयसप्रकार रहेकाछन् ।

क्र.सं.     नाम       मोडेल       सवारी साधन        सवारी दर्ता नम्बर

१.    श्रीधर साहु    यामाहा एसजेड  मोटरसाईकल        रा १ ब ४६८ .      

२. मस्त बहादुर थापा   सुपर स्प्लेण्डर    मोटरसाईकल   रा १ प ९१७९ .

३. टोप बहादुर डाँगी       एचिभर     मोटरसाईकल     रा १ ब १३८४ ,

४.  ओम पैकाश न्यौपाने   सि बि युनिकर्ण   मोटरसाईकल   रा १ ब ७१९

५.   शिव कुमार शर्मा      डिस्कभर        मोटरसाईकल  रा १ ब ३९५

६.   पदम ज्ञवाली      सि बि साइन       मोटरसाईकल     रा १ ब ८४४

७.   प्रकाश के.सी     सि बि साइन      मोटरसाईकल       रा १ ब ८३०

८.   टेक बहादुर खड्का   पल्सर        मोटरसाईकल       रा १ ब ८३६

९.   मन बहादुर खड्का    सि बि साइन    मोटरसाईकल      रा १ ब १०३१

१०.   वडा नम्बर  ६    सि बि साइन       मोटरसाईकल       रा १ ब १०३२

११.  बाबुराम न्यौपाने     अपाचे        मोटरसाईकल       रा १ ब १११७

१२.  हिमालय शर्मा        अपाचे      मोटरसाईकल       रा १ ब १११८

१३.  धनराज गौँतम      सि बि साईन  मोटरसाईकल       रा १ ब १०७०

१४.  निम कुमार आचार्य   स्कुटर डीयो   स्कुटर            रा १ ब ६४०

१५.  धुब्र के.सी.           पल्सर        मोटरसाईकल      रा १ ब १२२१

१६.  बसन्त भुषाल        साइन     मोटरसाईकल        रा १ ब १२३१

१७.  महेश भण्डारी      पल्सर      मोटरसाईकल         रा १ ब १२२२

१८.  नेब बहादुर के.सी.    पल्सर     मोटरसाईकल         रा १ ब १२२३

१९.  दिनेश गुप्ता         पल्सर         मोटरसाईकल      रा १ ब १२२७

२०.  रूद्र राज वली     अपाचे       मोटरसाईकल         रा १ ब १२७५

२१.  माधब पौडेल     एफ जेड एस     मोटरसाईकल         रा १ ब १२७६

२२.  प्रदिप वलीे       पल्सर        मोटरसाईकल        रा १ ब १२७३

२३.  चक्र भण्डारीे      पल्सर         मोटरसाईकल       रा १ ब १२७४

२४.  खड्ग टमटा      पल्सर        मोटरसाईकल        रा १ ब १२७२

२५.  खेम कान्त पाण्डे    साइन        मोटरसाईकल        रा १ ब १३०१

२६.  मनोज वली       एस जेड        मोटरसाईकल        रा १ ब १३२०

२७.  शम्भु शर्मा      यामाहा सलुटो    मोटरसाईकल        रा १ ब १३२१

२८.  रेवा रावत          स्कुटर         स्कुटर           रा १ ब १३४३

२९.  हुम बहादुर बि.क.    स्कुटर         स्कुटर           रा १ ब १३४४

३०.  विष्णु कुमारी आचार्य     स्कुटर      स्कुटर           रा १ ब १३४५

३१.  माया श्रेष्ठ              स्कुटर       स्कुटर           रा १ ब १३४९

३२.  नवराज रेज्मी     यामाहा सलुटो      मोटरसाईकल        रा १ ब ४७७

ल्गायतका साधनहरू रहेका छन् । विष्णु कुमारी आचार्यको नाममा पालिकाले मोडेल स्कुटर भएको रा १ ब १३४५ स्कुटर लेखा समितिको तथ्याङ्कको आधारमा खोजीनिती गर्दै प्रमाणको आधारमा पुग्दा विष्णु कुमारी आचार्यले आफुले चलाउन नजान्ने भएकोले उहाँको श्रीमानले श्रीमति विष्णु कुमारी आचार्यलाई अफिसमा छाडी उहाँ सोही स्कुटीमा संस्कृत विश्व विद्यालय बेलझुण्डी पढाउन जाने गर्दापनि सम्बन्धित निकाय मौन रहेको कुरा खुल्न आएको हो । । यो कुरा पटक–पटक कार्यपालिकाको बैठमा उठनुका साथै लेखा समितिकोे फायलमा समाबेश गरेर भन्दा समेत सम्बन्धित निकाय मौन रहेको हो । अन्य साधनहरु सम्बन्धित व्यक्तिले प्रयोग गरेका छन् वा गैरव्यक्तिले प्रयोग गरिरहेका छन् ?  शाखाबाट वडा सचिवले बुझे मध्येका केही साधनहरु वडा अध्यक्ष तथा शाखा प्रमुखले बुझेका केही साधनहरु सम्बन्धित व्यक्तिका आफन्तले प्रयोग गर्दै आएको तुलसीपुर उपमहानगर पालिकाको लेखा समितिका बताएको छ । ‘यो विषयमा अघिल्लो नगरसभा तथा पटक–पटकको कार्यपालिका बैठकमा पनि उठदै आएको छ । अहिले १४ औं नगरसभामा पेश गरेको प्रतिवेदनमा पनि उल्लेख गरेको छ तर आवश्यक छानबिन र कार्यान्वयन हुन सकेको छैन भनेर बताएको छ ।’ नियमानुसारमा पालिकामा दोहोरो सुविधा कसैले पनि लिन पाउँदैन । तुलसीपुर उपमहानगरपालिकाका सबै वडा अध्यक्षहरुले इन्धन वापतको मासिक १२ हजार रुपैयाँ बुझ्दै आएका छन् भने वडा सचिवहरूले बुझेको मोटरसाइकल पनि चढ्छन् । अघिल्लो कार्यकालमा तुलसीपुर उपमहानगरपालिकाका सबै वडाध्यक्षहरुका लागि १९ वटा मोटरसाइकल खरिद गरिएको थियो । वडाध्यक्षहरुले सवारी साधन बुझे र इन्धनवापतको रकम पनि लिए । पछि महालेखा परीक्षकको कार्यालयले दोहोरो सुविधा लिएको भन्दै बेरुजु निकाल्यो । त्यसपछि वडाध्यक्षहरुले आफ्नो नाममा लिएको सवारी साधन फिर्ता गरे र अहिले वडा सचिवको नाममा बुझेका सवारी साधन केही वडा अध्यक्षहरुले प्रयोग गर्दै आएका छन् । केही कर्मचारीले बुझेका सवारी साधन उनीहरुका घर परिवारका सदस्यले प्रयोग गर्दै आएको लेखा समितिका संयोजक ढकालले जानकारी दिनुभएको हो । तुलसीपुर–९ का वडा अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाको लेखा समितिका संयोजक ढकालले कार्यपालिका र नगरसभामा यो विषय उठिरहन्छ । पालिकाबाट दिइएका सवारी साधनहरु को–को व्यक्तिले दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा कर्मचारी तथा जनप्रतिनिधिहरुले एकआपसमा थाहा पाएका छन् । यस्तो बेथिति रोक्न भन्दै लेखा समितिले पछिल्लो पटक नगरसभालाई सुझाव दिएको पनि एक महिना बितिसक्यो तर यो बेथितिलाई रोक्ने आँट न सुशासन समितिले गरेको छ, न सम्बन्धित शाखाबाट भएको छ जता हे¥यो उतै बेतिथि मात्र भेटिने गरेको तुलसीपुर उपमहानगर पालिकाको लेखा समिति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds