सागर सुबेदी
तुलसीपुर १० माघ

तुलसीपुर उपमहानगरपालिका स्तरीय पाचौं राष्ट्रपति रनिशील भोलि देखी सुरु हुन लागेको छ।तुलसीपुर उपमहानगरपालिकाको केही आर्थिक सहयोग तथा गुरु जजुर मा.वि रक्षाचौरको आयोजनामा भोलि माघ ११ गते देखी तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशील्ड गुरु जजुर मा.बि रक्षाचौरको खेल मैदानमा सुरु हुन लागेको हो।तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख अतिथिमा उद्घाटन हुने तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा तुलसीपुरका सम्पुर्ण सामुदायिक तथा संस्थागत बिद्यालयहरुको सहभागी रहने छ। यस्तै आयोजकका अनुसार मार्च पास संगै उद्घाटन कार्यक्रम बिद्यालयको प्राङ्गनमा हुने र बाकी खेल आफ्नो नयाँ खेल मैदानमा हुने समेत जानकारी दिएका छन् । आयोजक टिमले आफ्नो सम्पुर्ण व्यवस्थापन अन्तिम चरणमा पुराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds