









थर्कोट समाचारदाता
तुलसीपुर,२९ साउन ।
तुलसीपुर उपमहानगरपालिकाले कार्यालयको प्रशासनिक भवनमा मंगलबारदेििख लिफ्ट संचालना ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले लिफ्टको उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन् । लिफ्टको क्षमता एकपटकमा ५ सय ४४ किलो (करिब ८ जना) रहेको छ । तुलसीपुर उपमहानगरपालिकाको चारतले भवनमा लिफ्ट संचालन गरेपछि बिशेषगरी शारीरिक अपाङ्गता भएका सेवाग्राही लाभान्वित हुने भएको तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले लिफ्ट उद्घाटन गर्दै जानकारी गराएका हुन् । लिफ्ट जडानको ठेक्का पाएको कन्टिनेन्टल विल्डर्स उच्च प्राविधि सहितको ओटिस कम्पनिको लिफ्ट जडान गरेको सञ्चालक सचिन पौडेलले जानकारी दिएकाछन् । उनका अनुसार भ्याट बाहेक ५७ लाखको लागतमा सो लिफ्ट निर्माण भएको हो। जस मध्येको बजेटबाट पालिकाको प्राङगनमा ईन्टरलक टाईल विच्छाइएको छ भने भवनको पहिलो तलामा शौचालय निर्माणको काम गरिएको छ । त्यस्तै पार्क क्याफेसंग सटेका सिमामा ढुङ्गाको पर्खाल तथा तथा तारजालीको काम गरिएको सञ्चालक पौडेलले सो कार्यक्रमका बिच बताएका हुन् ।


