शरद रेग्मी
तुलसीपुर, ७ मंसिर । तुलसीपुरको एकमात्र खेल मैदानको रुपमा रहेको अरनिको मैदानलाई संरक्षण र भौतिक पूर्वाधार निर्माण गर्न तुलसीपुर उद्योग वाणिज्य सघंले पहल थाल्ने भएको छ । दशकौँ देखि विकासको पर्खाईमा रहेको अरनिको मैदानमा आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीय सरकारका रुपमा रहेको तुलसीपुर उपमहानगरपालिकासंग सहकार्य गरेर अघि बढने निर्णय भएको वाणिज्य सघंका अध्यक्ष बिनील केसीले जानकारी दिनुभयो ।”खेल क्षेत्रमा मेरो पनि रुचि छ बिभिन्न कार्यक्रममा म आफै गएर बोलेको पनि छु अध्यक्ष केसीले वाणिज्य संघको बैठकमा भन्नुभयो । शुक्रबार बिहान बसेको तुलसीपुर उद्योग वाणिज्य संघको बैठकले खेलाडीहरूलाई समस्या भैरहेको भन्दै तत्काल अरनिको मैदानमा आवश्यक पर्ने शौचालय, स्टेज र चेन्जिङ रुम निर्माण गर्न पहल थाल्न महासचिव केशवराज केसीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले तुलसीपुर क्षेत्रको व्यवसायिक सुरक्षा, सामाजिक बिकास, बिस्तार र सरसफाइमा सहकार्य गर्दै आइरहेको वाणिज्य सघंले अरनिको मैदान संरक्षणमा चासो लिनु आफैमा खसिको कुरा भएको बताएका छन । सो अवसरमा निवर्तमान अध्यक्ष रामप्रसाद चालिसे, पुर्ब अध्यक्षहरू विमल रिजाल, बिरु रावत लगायतले भैपरी आउने समस्यालाई समाधान गर्न आवश्यक तालिम, छलफल तथा परामर्शलाई थप शसक्त पार्नुपर्ने बताएका थिए । बैठकमा कोषाध्यक्ष रूपेश शर्माले आर्थिक प्रतिवेदन र महासचिव केशवराज केसीले आज सम्म संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds