









दाेर्ण के.सी.
तुलसीपुर २० असोज /
तुलसीपुरमा हाईस दुर्घटना हुँदा ६ जना घाइते भएका छन। आईतवार बिहान ६:५० बजेको समयमा तुलसीपुरबाट रुकुम पश्चिम तर्फ जादै गरेको बा.प्र. ०३-००१ ज ७७२ नम्बरको ईभि हाईस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। हाईस अनियंत्रित भैइ दाङ तुलसीपुर उपमहानगरपालिका ७ डाडापातु स्थित खिम बहादुर मल्लको घरमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले बताएको छ। घाईते ६ जनालाई उपचारको लागी राप्ती प्रादेशिक अस्पतालमा ल्याईएको छ। दुर्घटनामा घाइते हुनेहरुमा हाइस चालक रुकुम पश्चिम मुसीकोट न.पा ४ बस्ने बर्ष २५ को कुमार सन्यासी, सल्यान सारदा न.पा ७ बस्ने बर्ष २४ कि कल्पना चलाउने र उनको छोरी बर्ष ८ कि निर्मला चलाउने,मल्लको घरमा भाडामा बस्ने मंगला श्रेष्ठको छोरा बर्ष १२ को रण विर नेपाली,सल्यान बागचौर न.पा ७ बस्ने बर्ष २७ कि सपना चलाउने र जाजरकोट भेरी न.पा. ४ घर भइ जि.प्र.का सल्यानमा कार्यरत प्र.ब.ह बर्ष ३९ को दुर्गा बहादुर बि.क रहेका छन । घाइते सबैको अवस्था सामान्य रहेको छ।


