









थर्काेट समाचारदाता
तुलसीपुर, २९ असार ।
तुलसीपुरमा शनिबार विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
फिडर वरिपरिका रुखका हाँगा काट्नु पर्ने, फिडर र सवस्टेशन मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने भएको हो । विहान १० बजेदेखि ५ बजेसम्म तुलसीपुरसंगै शान्तिनगर र दंगीशरणका केही क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुनेछ । हापुरे १३२/३३ केभि सवस्टेशन क्षेत्रमा मर्मत हुन लागेको हो ।


