थर्काेट समाचारदाता
तुलसीपुर, ७ असार ।  
दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट चारजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–७ मोतिपुर निवासी ६८ वर्षीया छदया चौधरी र मोटरसाइकल चालक तुलसीपुर–५ का ५८ वर्षीय ओमराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाे थियो । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ५ प ९४६१ नम्बरको मोटरसाइकलले मोतिपुरमा पैदल हिडिरहेकी चौधरीलाई आज साँझ साढे ७ बजेको समयमा ठक्कर दिदा साे दुर्घटना भएको हो । यसैबिच दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुईजना घाइते भएका हुन् । घाइते हुनेमा तुलसीपुर–५ न्युरोडका ३२ वर्षीय रामप्रसाद लोनिया र तुलसीपुर–११ कटाहाका ४९ वर्षीया गिता वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार तुलसीपुर–११ कटाहाबाट तुलसीपुरतर्फ आउदै गरेको रा २ प ९०६९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा ४ प ७२८५ नम्बरको मोटरसाइकल तुलसीपुर–६ गोलौरा नजिकै आपसमा ठोक्किदा दुर्घटना भएको हो ।दुर्घटनामा परी रा ४ प ७२८५ नम्बरको मोटरसाइकल चालक लोनिया र रा २ प ९०६९ नम्बरको मोटरसाइकलमा सवार रहेका वली घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैजनाको तुलसीपुर सिटि हस्पिटलमा उपचार भइरहेको छ । अर्का मोटरसाइकल चालक ५० वर्षीय विनोद बस्नेत घाइतेको उपचारमा संलग्न रहेको र दुबै मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds