



थर्काेट समाचारदाता
तुलसीपुर, २४ असार । दाङको तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिदा बालिका गम्भिर घाइते भएकी छिन् । घाइते हुनेमा तुलसीपुर –७ निवासी झक्कु प्रसाद भण्डारीको छोरी बर्ष ४ कि सदिक्षा भण्डारीलाई ठक्कर दिदा घाईतेरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाेछ । उहाँका अनुसार तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा १ ब १०४१ नम्बर को (घोराही .उ.म.न.पा.)को मोटर साईकलले ठक्कर दिदा उनी घाईते भएकी हुन् । दुर्घटनामा परी टाउको र शरिरमा चोट लागेर गम्भिर घाइते भएकी बालिका भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

बालिकाको अबस्था मध्यम रहेकाेछ भने दाङ बबई गा.पा.४ बस्ने बर्ष ३० को आस कुमार राना उपचारमा संलग्न,मोटरसाईकल प्रहरी को नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाेछ । यसैबिच दाङ तुलसीपुर उ.म.न.पा.९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ टिप्पन गएका ३ महिला लाई बाघले चिथोरी घाईते बनाएकाेछ । यसरी घाइते हुनेमा दाङ तुलसीपुर उ.म.न.पा.९ वेलुवा बस्ने बर्ष ४५ कि कमला के.सी. दुवै हातमा चोट अबस्था सामान्य । सोही ठाँउ बस्ने बर्ष ५२ कि सिता कुमारी भण्डारी ढाड र पेटमा चोट अबस्था सामान्य र सोही ठाँउ कि बर्ष १८ कि सरिता भण्डारी दाँया हातमा चोट अबस्था सामान्य रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाेछ । बाघले उनीहरुलाई घाईते बनाई जंगल तर्फ भागेकाे र घाईतेहरुकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेकाे गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकाेछ । साथै दाङकाे शान्तिनगरमा माेटरसाईकल अनयन्त्रित भएर पल्टिँदा उक्त मोटर साईकलमा पछाडी सवार जिल्ला दाङ शान्तिनगर गा.पा. ५ बस्ने बर्ष ७३ कि नन्दकलि खड्का घाईते भएकी छिन् । बेलका १७:३० बाजेको समयमा जिल्ला दाङ दङिशरण गा. पा.-७ बाका स्थित तुलसीपुर बाट रगैचा तर्फ जाँदै गरेको रा७ प ७८६७न. को मोटर साईकल आफै अनियंत्रित भइ पल्टिदा उनी घाइते भएकी हुन् । घाईते नन्दकलि खड्काकाे दुबै हात,टाउको र मुखमा चोट अवस्था मध्यम उपचार पश्चात नेपालगञ्ज नरसिंङहोम रिफर गरिएको र चालक ऐ .ऐ बस्ने बर्ष ४७ को बेद ब. खड्का दुबै हातमा चोट अवस्था सामान्य ऊपचारमा निजको छोरा चालक संलग्न रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकाेछ ।
