तुलसीपुरमा ठुलो आवाजमा चलाउने मोटरसाइकल प्रहरीको कार्वाहीमा

Byदोर्ण के.सी.

२२ आश्विन २०८१, मंगलवार १४:२८ २२ आश्विन २०८१, मंगलवार १४:२८ २२ आश्विन २०८१, मंगलवार १४:२८

कृष्ण के.सी.
तुलसीपुर, २२ असोज ।
दाङको तुलसीपुरमा मोडिफाई गरी ठुलो आवाजमा चलाउने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । बजार क्षेत्रमा अत्यधिक ठुलो अवाजमा पट्काउदै मोटरसाइकल चलाएर ध्वनी प्रदुषण गरेको भन्दै ट्राफिक प्रहरीले धमाधम कारवाही गर्न थालेको हो । हिजो सोमबार मात्रै ठुलो आवाज बनाएर चलाउने १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आज कारवाही स्वरुप जरिवाना गरेर छोडिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र चन्दले जानकारी दिएकाछन् । उनका अनुसार ठुलो आवाज बनाएर चलाउने सबैभन्दा धेरै बुलेट मोटरसाइकल रहेको र यसरी चलाउनेमा युवाहरु धेरै रहेका छन् । एक पटकलाई सामान्य कारवाहीका लागि (पाँच सय) रूपैया जरिवाना गरेर सम्झाई बुझाई गरेर छोडिएको भन्दै ट्राफिक प्रमुख चन्दले फेरी अर्को पटक यस्तै कार्य दोहोरिएको अवस्थामा कडा कारवाही गरिने बताएका थिए । अटेरी गरेमा मोटरसाइकल नै नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा बुझाउने पनि उनले बताएका थिए। अब देखी स्वरुमबाट ल्याउदा खेरी जस्तो अवस्था हुन्छ सोही अवस्थामा मोटरसाइकल चलाउनुपर्ने अन्यथा कारवाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds