



तुलसीपुर, ११ असार । दाङको तुलसीपुरका एकजनाले आफ्नै घरमा आगो लगाएका छन् । तुलसीपुर उप–महानगरपालिका–१९ तोपापानी निवासी ६० वर्षीय मनु दमाईले घरायसी श्रीमान श्रीमतीबिचको बिबादका कारण आज अपराह्न्न ४ बजेको समयमा आफ्नै २ तले घरमा आगो लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आगलागीबाट कुनै मानविय तथा पशु चौपायाको क्षेती भने हुन पाएको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो लगाउने दमाइलार्ई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
