









थर्काेट समाचारदाता
दाङ,२५ माघ ।
तुलसीपुरमा आज बिहान अटो र स्कुल बस एक आपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका-९, चुलेसे स्थित दमारगाउँबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४३६६ नम्बरको अटाे बिपरीत दिशातर्फ गइरहेको युनाइटेड एकेडेमी बोर्डिङ स्कुलको रा १ क ६९० नम्बरकाे बससंग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभएकाे हो।
उहाँका अनुसार दुर्घटनामा अटोमा सवार चार जना घाइते भएका छन्। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको विवरण:
१. सुमन बि.क. (२८ वर्ष, अटो चालक, तुलसीपुर-३) -दुवै हात, खुट्टा, र टाउकोमा चोट, अवस्था मध्यम। २. रत्ना कुमारी मल्ल (८० वर्ष, तुलसीपुर-३) – दुवै हात, खुट्टा, ढाड र कम्मरमा चोट, अवस्था मध्यम। ३. गणेश गुरुङ (२८ वर्ष, तुलसीपुर-३) – दुवै खुट्टा, हात, र टाउकोमा चोट, अवस्था मध्यम। ४. भिमा के.सी. (४० वर्ष, तुलसीपुर-३) – दुवै हात, खुट्टा, र टाउकोमा चोट, अवस्था मध्यम।


