थर्कोट समाचारदाता
दाङ, १ माघ ।
रानी तालमा माघ १ गतेदेखि डुंगा संचालनमा आएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को रानी सामुदायिक बनमा रहेको तालमा माघीकै दिन पारेर आजदेखि डुंगा संचालन गरिएको हो । तुलसीपुरको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि रानीतालमा डुंगा संचालनमा ल्याएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधव वलीले जानकारी दिनुभएको थियो । उहाँका अनुसार डुंगा तुलसीपुर उपमहानगरपालिकाले वडा मार्फत बन समितिलाई हस्तारन्तण गरेको हो । डुंगाको उद्घाटन नगरप्रमुख टिकाराम खड्काले गर्नुभएको हो । रानी ताल घोराही–तुलसीपुर सडकको हेमन्तपुर चोकदेखि करिब २ किलोमिटर उत्तरमा पर्छ । ताल करिब डेढ बिगाह क्षेत्रफलमा फैलिएको वडा सदस्यसमेत रहनुभएका बन समुहका निवर्तमान सचिव शीतल प्रसाद बुढाले जानकारी दिनुभएको थियो । सिंचाईका लागि निर्माण गरिएको तालमा डुंगा पनि संचालनमा आएपछि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभएको थियो । तर अहिले डुंगा परिक्षणकै क्रममा रहेकोले शुल्क निर्धारण गरिएको छैन् । आगामी दिनमा ताल वरपर बनभोजस्थल निर्माण गर्ने र खानेपानीको पनि व्यवस्था गर्ने योजना रहेको वडा सदस्य बुढाले बताउनुभएको हो । तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलका अनुसार उपमहानगरपालिकाले ६ लाखमा ४ वटा डुंगा खरिद गरेको हो । तुलसीपुर–१८ सहित चार वटा वडामा डुंगा हस्तान्तरण गरिएको हो । तुलसीपुर–१, २, १० र १८ मा १र१ वटा डुंगा हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds