









तुलसीपुर, ५ माघ । तुलसीपुरको मोतिपुरमा बस दुर्घटनामा परेको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर ७ मोतिपुरमा ना ७ ख ३५७६ नम्बरको बस दुर्घटनामा शुक्रबार राती ८ बजेतिर दुर्घटनामा परेको हो । बसमा अरु यात्रु नभएको र बसका तीन जना स्टाप सकुशल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । विपरित दिशाबाट गईरहेको मोटरसाइकले फोकस लाईटका कारण बस दुर्घटनामा परेको चालकले बताएको प्रहरीले जनाएको छ । नारायणघाटबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटनामा परेको हो ।


