तुलसिपुर ४ को नवनिर्मित भवनको उद्घाटन

Byदोर्ण के.सी.

७ पुष २०८०, शनिबार १५:३६ ७ पुष २०८०, शनिबार १५:३६ ७ पुष २०८०, शनिबार १५:३६

तुलसीपुर, ७ पौष । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ४ को नवनिर्मित भवनको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । कार्यलयमा आउने सेवाग्राहिको सहजताका लागि वडाको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । वडाका अध्यक्ष तुल्सि थापाको अध्यक्षतामा तथा लुम्विनि प्रदेशका अर्थमन्त्री धनबहादुर मास्किको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले  नवनिर्मित भवनबाट सेवा प्रदान हुँन थालेपछि अव जनताले सहज रुपमा सेवा पाउने बताएका थिए । उनीहरुले जनताले पाउनुपर्ने सुविधा नपाएको बताउदै विकास हुन नसकेको समेत बताएका थिए । उक्त कार्यक्रममा समाजसेवि आमा समुहको तर्फबाट शुभकामना गीत सामुहिक रूपमा गाइएको थियो भने विभिन्न थारु नाचहरु प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds